Tuesday, July 27, 2010

कसलाई रोजौं ?

मुसुक्क मुस्कुराउँछे मलाई हेर्दै गीता पनि 
नजिकै आउँछे सधैं त्यो मोरी रीता पनि
बाल्यकाल गुजार्दै चढेछ कि बैंस कतै
माया-प्रेम गासौं भन्छे हिस्सी परेकी सीता पनि
नराम्री त होइन मोरी,  उत्ताउली पो हो कि
अँगालोमा बाँध भन्छे लाजै पचाई नीता पनि  
कसलाई रोजौं यी मध्य देख्दा सबै उस्तै
झिमझिम पार्छे आँखा मलाई हेर्दै अस्मिता पनि
माया-प्रेम दुःख मात्रै बरु झ्याप्पै आँटम
भन्छे डोली ल्याऊ राजा काली अंकिता पनि ।

No comments:

Post a Comment