म एउटा यात्री जिन्दगीको,
हिड्दैछु अझै पनि समायन्तर सँगै निरन्तर-निरन्तर
कुनै दिन त्यो पर क्षितिजमा पर्खिरहेको
उदेश्यको देउरालीमा बिसाउने आशाहरुमा
हो, सुरुवात त निकै अगाडि भइसकेको थियो
तर बिडम्बना !
कतै आँफै होस् गुमाउन पुगेछु
पाइलाहरु त रोकिएको थिएन
केबल मडाँरिदै थिएँ समयको आबेगमा
गन्तब्य नभएको पनि होइन
तर लाग्छ दासी हुन पुगेछु ती असाहाय हालतहरुमा
म आँफैमा कम्जोरी पनि त कहाँ थियो र
समर्पण गरेछु आँफैलाई त्यो विवशताको हुरीमा
अझै हिड्दै थिए बेहोशी झैं
तर बलबान समयले ल्याइपुरायो जिन्दगीको अर्कै मोड्मा
अनि बिउँझाइदियो र छोडिदियो उही सपनाको संसारमा
उस्तै सपनाहरु छचल्किएकै छन आज पनि मेरो मानसपटलमा
सपना देख्नु गल्ति होइन, न त अधर्म नै
फेरि आज एउटा पाइला अघि सारे जिबनको गोरेटोमा
जति हावा हुरी आए पनि, जे-जस्तोले तगारो हालेपनि
अब हल्लाउन अनि दबाउन सक्दैन
मेरो अटुट विश्वाश अनि अपूर्ण सपनाहरुमा
म हिँद्छु र हिँडिरहनेछु त्यो मेरो सपनाको चौतारी नभेटेसम्म
मेरो आत्माले तब सम्म शान्ति पाउँदैन जब सम्म मेरा यी पाइलाहरुले
अनि सपनाहरुले गन्तब्यको छात्तीमा सास नफेरेसम्म.................
No comments:
Post a Comment