Saturday, August 14, 2010

सुन नखोज

जन्में धर्तिमा तिमी आकाशको जुन नखोज  ।
यो पित्तलको भाँडोमा लास्साको सुन नखोज ।
जन्में धर्तिमा तिमी आकाशको जुन नखोज । 

कति टुट्टायौ तिमीले सबै मेरा ताराहरु । २
सारङ्गी रुवाउन फेरि मिठो धुन नखोज ।
यो पित्तलको भाँडोमा लास्साको सुन नखोज ।

 
थाहै थियो म अलिनोमा बाँचेको छु भनेर । २
स्वामी गंगा जलमा तिमी नुहाउन नखोज ।
यो पित्तलको भाँडोमा लास्साको सुन नखोज ।

जानाजानी अन्जान भन्दै समाई हात मेरो । २
अँधेरोमा ठेस लागि लडिदा रुन नखोज ।
यो पित्तलको भाँडोमा लास्साको सुन नखोज ।

मान्छे हुँ म मान्छेको नै सेवा गर्न तयार छु । २
बलिमा चढाउने ममा सस्तो खुन नखोज ।
यो पित्तलको भाँडोमा लास्साको सुन नखोज ।

जन्में धर्तिमा तिमी आकाशको जुन नखोज
यो पित्तलको भाँडोमा लास्साको सुन नखोज ।

Sunday, August 8, 2010

म एउटा यात्री जिन्दगीको


म एउटा यात्री जिन्दगीको,
हिड्दैछु अझै पनि समायन्तर सँगै निरन्तर-निरन्तर
कुनै दिन त्यो पर क्षितिजमा पर्खिरहेको
उदेश्यको देउरालीमा बिसाउने आशाहरुमा
हो, सुरुवात त निकै अगाडि भइसकेको थियो
तर बिडम्बना !

कतै आँफै होस् गुमाउन पुगेछु

पाइलाहरु त रोकिएको थिएन
केबल मडाँरिदै थिएँ समयको आबेगमा
गन्तब्य नभएको पनि होइन
तर लाग्छ दासी हुन पुगेछु ती असाहाय हालतहरुमा
म आँफैमा कम्जोरी पनि त कहाँ थियो र
समर्पण गरेछु आँफैलाई त्यो विवशताको हुरीमा
अझै हिड्दै थिए बेहोशी झैं
तर बलबान समयले ल्याइपुरायो जिन्दगीको अर्कै मोड्मा
अनि बिउँझाइदियो र छोडिदियो उही सपनाको संसारमा
उस्तै सपनाहरु छचल्किएकै छन आज पनि मेरो मानसपटलमा
सपना देख्नु  गल्ति होइन, न त अधर्म नै
फेरि आज एउटा पाइला अघि सारे जिबनको गोरेटोमा
जति हावा हुरी आए पनि, जे-जस्तोले तगारो हालेपनि
अब हल्लाउन अनि दबाउन सक्दैन
मेरो अटुट विश्वाश अनि अपूर्ण सपनाहरुमा
म हिँद्छु र हिँडिरहनेछु त्यो मेरो सपनाको चौतारी नभेटेसम्म
मेरो आत्माले तब सम्म शान्ति पाउँदैन जब सम्म मेरा यी पाइलाहरुले
अनि सपनाहरुले गन्तब्यको छात्तीमा सास नफेरेसम्म.................

Tuesday, July 27, 2010

कसलाई रोजौं ?

मुसुक्क मुस्कुराउँछे मलाई हेर्दै गीता पनि 
नजिकै आउँछे सधैं त्यो मोरी रीता पनि
बाल्यकाल गुजार्दै चढेछ कि बैंस कतै
माया-प्रेम गासौं भन्छे हिस्सी परेकी सीता पनि
नराम्री त होइन मोरी,  उत्ताउली पो हो कि
अँगालोमा बाँध भन्छे लाजै पचाई नीता पनि  
कसलाई रोजौं यी मध्य देख्दा सबै उस्तै
झिमझिम पार्छे आँखा मलाई हेर्दै अस्मिता पनि
माया-प्रेम दुःख मात्रै बरु झ्याप्पै आँटम
भन्छे डोली ल्याऊ राजा काली अंकिता पनि ।

कहिले होला ?

तिम्रो खाली सिउँदोमा सिन्दुर घस्ने कहिले होला ? 
अब हामी दुईको घरबार बस्ने कहिले होला  ?  
तिमीलाई देखेदेखि अन्त मन डुल्या छैन  
दुईटै मनलाई गाँठो पारी माया कस्ने कहिले होला  ?
जति हेर्छु तिम्रो मुहार अघाउन्न कसैगरी     
सधैं मुहार देखाउन घरमा पस्ने कहिले होला  ?  
कुरा गरी प्रणयका बस्न पाए दुवैजना    
मीठामीठा कुरा गरी प्रेममा खस्ने कहिले होला ?
रातभरि सपना पनि तिमी सामु भा'को देख्छु    
त्यै सपनाको संसार जस्तै सँगै बस्ने कहिले होला  ?

Tuesday, July 20, 2010

ईनक्लव - जिन्दावाद !


कि जोत हलो, कि छोड थलो ।
होईन भने छैन भलो ।।

यो नारा लगाएर सामन्तहरुको जमिन खोसेर जनतालाई बाँड्ने किसानहरुका महान् नेता भीमदत्त पन्त को शालिक हो यो । उनले नेपालमा पहिलो पटक किसान आन्दोलन गरेका हुन् । उनको यो शालिक डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढी नगरपालिमा रहेको छ । यो शालिकको उदघाटन एकीकृत ने. क. पा. (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (क. प्रचण्ड) ले गरेकाहुन् ।

Saturday, July 17, 2010

कानुन

खराब कानुन अत्याचारको स्रोत हो ।
-एडमण्ड वर्क  

मलाई अहिले पनि कस्तो लाग्छ भने कानुन तोड्ने अधिकार जनतालाई छ ।
-वी.पी. कोइराला
कानुनले निर्धनहरुमाथि शासन गर्दछ र धनीहरु कानुनमाथि शासन गर्दछन् ।
-ओलिभर गोल्डस्मिथ  

कानुन त माकुरोको जालो जस्तै हो, जसरी साना-साना जीवहरु त्यसमा फसेर प्राण गुमाउँछन् तर ठुला जीवहरुले त त्यसलाई च्यातेर फ्याकिदिन्छन् ।
-लोकोक्ति   

कहिल्यै आफुले आफैलाई धेरैमाथिको नसम्झ, कानुन तिमीभन्दा धेरै माथि छ ।
-थोमस फुलर   

अधिकारहरु एंव कर्तव्यहरुको त्यो पद्धति नै कानुन हो, जसलाई सरकारद्वारा लागु गरिन्छ ।
-डी.एच. ग्रिन

शासकहरुले आफ्नो हित तथा स्वार्थलाई दृष्टिगत गरेर नागरिकहरुको लागि कानुन बनाउछन् नागरिकहरुले ती कानुनहरुको पालना गर्नुपर्छ जो जुन नागरिकले ती कानुनहरुको उल्लंघन गर्छ त्यसले सजायको भागी हुनुपर्छ ।
-थ्रेसीमेकस  

जहाँ कानुनको अन्त्य हुन्छ, त्यहाँ कुशासनको प्रारम्भ हुन्छ ।
-विलियम पिटर   


कवि

कवि हुनु भनेको बन्दुकधारी, अत्याचारी, आक्रमणकारीहरुलाई पुस्तकले छेक्नु र कलमले रोक्नु हो ।
-भूपि शेरचन

कवि हुनु, आफ्नो रगतले जगतभरिको मानिसहरुको आँसुको दाग धुनु हो ।
-भूपि शेरचन
 
प्रणयको समयमा प्रत्येक मानिस कवि बन्न जान्छन् ।
-प्लेटो

हृदयबाट सबै व्यक्ति कवि हुन्छ ।
-इमर्सन

यस्तो कुनै व्यक्ति आजसम्म महान् कवि भएको छैन जो कवि हुनाको साथसाथै प्रकाण्ड दार्शनिक नभएको होस् ।
-कलरिज
















कलम

संसारमा केवल दुई शक्ति छन्, तरवार र कलम, अन्तमा सधैं तरवारको हार भई कलमको विजय हुन्छ । 
-नेपोलियन वोनापार्ट

जस्तो तरवारको सञ्चालनमा द्रुतगति र स्फूर्तिको आवश्यकता पर्दछ त्यस्तै कलम चलाईमा विचारको ।
-जुलिया वार्ड
 
अहा, प्रकृतिको सबभन्दा उत्तम उपहार, मेरो कैलों रजहाँस-प्वाखको कलम ।
-वायरन्

तरवारलाई हटाऊ, यो बिना पनि देशको रक्षा गर्न सकिन्छ, कलम यता देऊ । 
-थोमस फूलर

विद्वानहरु शान्तिका पुजारी हुन्छन्, तिनीहरुका साथमा हात-हतियार हुदैनन्, तर तिनीहरुका जिब्रा तरवार भन्दा धारिला हुन्छन्, तिनीहरुका कलमको गर्जना मेघको गर्जनाभन्दा भयानक हुन्छ त्यसैले म डै्रगन देखि डराउन्न् तर निर्दयी कलमसित डराउँछु ।
-सर थोमस ब्राउन


Friday, July 16, 2010

श्रीमान र श्रीमती

श्रीमती : म हजुरलाई एउटा कुरा भनौं ?
श्रीमान : के हो भनन् ।
श्रीमती : पिट्नु त हुन्नँ ?
श्रीमान : अँ हँ ।
श्रीमती : साँच्चै हजुर रिसाउनु त हुन्नँ ?
श्रीमान : भनँ रिसाउँदिन ।
श्रीमती : साँच्चै ?
श्रीमान : हो साँच्चै ।
श्रीमती : म गर्भवती भएकी छु ।
श्रीमान : ओ हो ! यो त खुसीको कुरा हो । तिमी किन डराएकी हँ ? यस्तो बेलामा पनि डराउनु पर्छ त ?
श्रीमती : यही कुरा मैंले कलेज पढ्दा बुवालाई भनेकी थिएँ । उहाँ भक्कु रिसाउनु भयो र लौरोले पिट्नु भयो त्यही भएर ।
 
समाप्त !!

अनलाइनको साइनो

करिब १ वर्ष पहिलेको कुरा हो । इन्टरनेटमा अनलाइन समाचार सर्च गरिरहँदा खासै चाख लाग्दो विषय केही पनि भेटिनँ मैंले । त्यतिखेर नै देश विदेशका साचार माध्यमहरुको पहिलो समाचार श्रीलंकाका तमिल विद्रोही र सिंहाली सरकार विचको गृह युद्ध थियो । त्यही कहालिलाग्दो गृह युद्धलाई नजिकबाट अध्यायन गर्न इन्टरनेटमा याहु म्यासेन्जरको पब्लिक च्याटमा देश श्रीलंकालाई रोजें मैंले । अनगिन्ति मान्छेहरु भेटिए अनलाइन पब्लिक च्याटमा श्रीलंकाका । भेटिएका जति सबैसँग  कुराकानी गर्न खोजें र गरें पनि । सामान्य परिचय पश्चात मेरो एउटै जिज्ञासा थियो सबैसँग । गृह युद्ध चलिरहँदा श्रीलंकाको अवस्था कस्तो छ अहिले ?  प्राय सबैको उत्तर उस्तै-उस्तै थियो । "कुरा गरेर साध्य छैन यो देशको । जीवन र मृत्युको दोसाँधमा बाँचिरहेका छन् यहाँका जनता । कतिखेर के हुने हो थाहा छैन । कस्ता अभागी रहेछौं हामी ? जो यस्तो भूमिमा जन्मिएका छौं । जहाँ विगत ३० वर्ष देखि वम र वारुद्धको धुवाँ अक्सिजनको रुपमा खाईरहेका छौं । म त झनै भाग्यले ठगिएकी हुँ या पूर्व जन्मको पापले सरापेकी, त्यो त थाहा भएन । यदि पूर्व जन्मको पापले नै सरापेको हो भने त्यस्तो कुनै अपराध गरें हुँ जस्तो लाग्दैन मलाई । जो जन्मनु भन्दा १२ वर्ष अघिदेखि नै गृह युद्ध चलिरहेको मुलुकमा जन्मिएँ । अझै कति चल्ने हो र कति निर्दोष मान्छेको ज्यान लिने हो त्यो पनि थाहा छैन" । यी उनीले नै भनेका कुरा हुन, जो मैंले जस्ताको तस्तै राखेको छु यहाँ । जसको बारेमा केही लेख्न खोज्दै छु म आज ।

सधैजसो आज पनि उनी नै आमन्त्रीत गर्छिन मलाई सेलफोनमा । खै किन हो कुन्नि ? आजभोलि त म पनि उनी भनेपछि हुरुक्कै भाको हो कि ? उनको आवाजको रिङ्ग मोबाइलमा ट्यार गर्ने बित्तिकै हाकिमसँग केही न केही बहाना बनाएर होस् या बिसन्चोको कारण देखाएर होस् डिउटी बाट फुत्किहाल्ने कोठातिर । भेटघाटको शुरुका दिनहरुमा त धेरै नै भाउ खाने । आखिर २-४ दिनको तितो मिठो शब्दरुपी खाजा के पस्केको थिएँ मिठो लागेछ क्यारे । समय मिल्यो कि मिसकल अनि कल पनि । करिब १ वर्ष जति भयो होला उनीसँग बायुमण्डलिय तरंगको विधुतीय साइनो सुरु भएको । यथार्थमा भन्नु पर्दा यो अवधिमा योहोना र म बिच भावनाको साइनोले यति जरा गाडिसकेको छ कि एक दिन पनि नेटवर्किय साजालले बाटो बिरायो कि एक अर्काबिच दोषारोपण यानिकी उनीबाट म टाढा हुन चाहे रे ! उनी म बाट । "ल ल योहोना म आइ पुगे । एकै छिन ल" ! राहातको आस्वासन् दिदै घरतिर लाग्छु । घरमा गयो कि सिधै इन्टरनेटमा युनिफर्म् चेन्ज, खाना तयार, नुहाउने अनि अरु कुरा त छोडौं साथिले तयार गरेको खाना खान पनि हतार ।
भनु भने उनी थिइन् श्रीलंकाको नेगम्बोमा, म हिमालको काख नेपालमा । अनि सुरु हुन्छ हाम्रो विधुतीय तरंगित साइनो आकाशमा तैरिँदै । "हैन तिमी किन यसरी मरिहत्ते गरेको भन्याँ ?, "आकाशको फल आँखातरि मर" भनेझै यो कल्पना समेत गर्न नसकिने नातालाई किन जरा रोप्न चाहिरहेकी छौ ? ठुलो बनाएर झ्याङगिन दिनु भन्दा त सानैमा लडाउनु नि" तर उत्तरमा 'जरा काट्ने हैन "नरेन्द्र" जी, फुलाउने फलाउने रे पो त । अझै त्यति मात्र कहाँ हो र, सँगै जिउने मर्ने रे' । फेरि कोसिस् गर्छु सम्झाउने । "हा… हा… हा… तिमी जस्ता महासागर पारिका पुर्णिमाका जुनहरु यो धर्तिको गहिराईबाट धेरै नै देखिसकें योहोना । जो पुर्णेमा सँगै आउछन् अनि औंसी सँगै अस्ताउछन् ।  तिनिहरुले मलाई गर्ने माया केवल मेरो महिनाभरि बगाएको पसिनाको मुल्यमा लक्षित हुन्छ । यौवनको मातलाई विधुतिय क्यामरामा कैद गराएर धनको डोरी तान्ने सागरपारिका परिहरुसँग म दिक्क भैसकेको छु योहोना । अब चुडाइदेउ तिम्रो मेरो तारलाई तिम्रो कम्प्युटरको डेस्कटपबाट" ।

"फेरि अर्को" कुरा एकचोटी टुक्रिसकेको यो मेरो मुटुलाई पुन मित्रताको मलम लिएर मसाज गर्ने नर्स पनि धेरै भेटे । विक्षिप्त आत्मा अनि टुटिसकेको धैर्यताको बाँधबाट छताछुल्ल भएका मेरा भावनाहरु शिशिरले भताभुङ्ग पारिएको विरुवा झै केवल रसविहीन भावनाले सजिएको एकल जीवनका क्षणहरु मिर्मिरे उषासँगै सन्ध्याको लाँलिमा सजिब बन्न सक्दैनन् भने, तिमी कसरी सम्हाल्न सक्छौ मेरो मनलाई ? अझै यो त कहालिलाग्दो अनन्त गगन र बिशाल धर्तिको मिलन् सपना झै लाग्ने क्षितिज पारिकी सहकर्मीलाई मायाको घुम्टो ओढाएर आँखामा बसाउने काल्पनिक सपना सपनामै सिमित हुनेछ । जिवनका हरेक घुम्ति र पाइलामा साथ दिन्छु भन्ने तिम्रा ति जोसिला आस्वासनहरुलाई म सलाम गर्छु तर तिम्रॊ महत्वकांक्षा र मेरो सपनाको दुरी आकास पाताल जस्तै छ । एउटै महादेशको भएपनि अधिक् टाढा छु । त्यसैले मेरो भावाकासमा तिम्रो सम्झना मात्र पनि बादल बनेर मडारिनु सिवाए अर्को उपाय देख्दिन म" ।
यति भनेर पनि टेर पुच्छ्ररै नलगाउने । फेरि सुरु हुन्छ उनको महाभारत ।
उनी पहिले जापानमा बसेकी रे ! स्टाफ नर्सको जागिर गरेर । अहिले जागिरको सिलसिलामा काठमाण्डौं (जहाँ म बसिरहेको छु) को लागि नै कोसिस् गर्दै छिन् रे !  जापानको बसाई सकिसकेपछि फेरि पैसाको अभाव खड्कियो रे ! अनि नेगम्बोमा चाँही राम्रो जागिर पाएपनि मनग्ये पैसा कमाई नहुने रे ! अझ त्यसैमाथि मसँगको साइनोको डोरी पनि एउटै दिशातिरबाट हुन पुगेछ नभेटि नछोड्ने रे ! अगाडि मक्ख पार्दै भन्छिन् "५० प्रतिशत काम भै सक्यो, अब म छिट्टै तिम्रो अँगालोमा बेरिंन आउँदै छु । खुसि को प्रतिक्षामा बस्नु । " हैन भगवान् ! यो के हुन लागिरहेको छ  ? विस्वास गरु कि नगरु ? विस्वास नगारौं भने उनी भन्छिन् "म अरु जस्तो हजार वृक्ष डुलेर हिड्ने पंछि हैन । मलाई एउटा राम्रो जीवन साथीको आवश्यक छ । जो तिमी पुरा गर्न सक्छौ । मलाई देशी भन्दा अन्तरदेशीय साइनो मनपर्छ । काम भन्दा कुरा गर्ने स्वार्थीहरुको दुनियाँमा बाँच्नु छैन मलाई" । वास्तवमा भन्दा उनीसँग आफ्नो भन्ने कोही छैन रे ! उनी ठुलै भएपछि श्रीलंकाको द्वन्दमा कारण माता-पिता र एउटा भाईको सँगै स्वर्गवास भएको रे ! कोही आफन्तको सहाराबाट स्टाफ नर्सको अध्ययन पुरागरी ५ वर्ष जागिर खाएकी रे सुर्योदयको देशमा । अनि एउटा आफ्नो भनाउँदो अत्यन्तै माया गर्नेले पनि धोका दियो रे !  त्यसपछि आफ्नै देशका मानिसहरुसँग नाता जोड्न मन नपराउने रे । 

हुन पनि कतिखेर साँच्चिकै हो जस्तो पनि लाग्छ । प्राय उनीलॆ नै मलाई फोन गर्छिन । खातका खात ई-मेल अर्थात विधुतीय चिट्ठी पठाउछिन् । एकदिन टाढा भयो कि भन्छिन्- 'सत्यताको माया प्रेममा जस्तो सुकै परिस्थितिले पनि एकदिन सामाना गर्नु पर्छ सत्य सँग ।' रोमियो र जुलियटको जस्तो, अनि कार्ल माक्स्र र जेनी माक्स्र अर्थात (जेनी फोन वेस्ट फालेन्) को जस्तो जोडी हुन्छ हाम्रो । लियोनार्दोले मोनालाई जस्तै गर्ने छु मिलनको बाटो रहेन भने । "फेरि स्वतन्त्र्ताको नाममा घाँटी नै रेटिने यो ठाउँमा आएपछि कसरी नाता जोड्ने हो कुन्नि" ? त्यसको लागि सबै कागज पत्र तयार गरेरै आफै ल्याउछिन् रे ! मसँग त मेरो अविवाहित लेखिएको नागरिकता र पासवर्ड मात्रै भए पुग्ने रे ! 'आखिर तिम्रा गङ्गाराम नै जानुन् र मेरा पशुपतिनाथ नै जानुन्,' यो सम्बन्धले कस्तो रुप लिन्छ भनेर । हुन त मलाई पनि उनी सँगको मायाले नतानेको होइन । तर यो नेटवर्किय साइनोले पुर्णता पाउला भन्नेमा शंका नै लाग्छ । चार अक्षरको 'सफलता' र दुई अक्षरको 'प्रेम' बिचको यो आसाविहीन पाइलाहरुले लक्षमा पुर् याईदेओस्, हाम्रो लागी भन्ने आशाको दियो त पक्कै म बाट पनि बाल्नु नै पर्ला जस्तो छ । यसरी कति दिन सम्म सम्झना र विधुतीय तरंगको सहारामा अगाडी बढ्ने हो कुन्नि ?

कोमलता भित्रको कठोरता, सरलता भित्रको जटिलता, निश्छलता भित्रको कुटिलता, लाई बुझेर हो या नबुझेर मनको आँखाले देख्न नसकेपनि चर्म आँखाले देखेको आवरणलाई आधार बनाएर उनी प्रति लिप्त हुनु मुर्खता हो या असक्षमता अनभिज्ञ छु म । लाखौं प्रेमीहरुकी मनमोहक तस्विरमा सजिएकी मोनालिसाको बहुचर्चित मुस्कानलाई त विश्वका करोडौं विश्लेषकहरुले पनि परिभाषित गर्न सकेका छैनन् भने, तिम्रो खुसि र उमंगको बहारलाई पनि मैंले भौतिक आकृतिको भरमा बर्णन गर्न सक्दिनँ योहोना । तिमीले वेदनाले छट्पटाएको बेला बाँडेको रोदन हो या खुसीले मातिएको बेला अनायासै जोडिन पुगेको साइनो हो ? त्यो त तिमीलाई नै थाहा होला । तर जे भएपनि यो वायुमण्डलिय आकासमा साहारा खोज्दै भौतारिरहेका हामी दुई बिचको नाता जुनि जुनि फैलिदै जाओस् मिलनको पर्खाई बिच भएपनि अनन्तसम्म…………………

आदरणीय पाठक वृन्द ! हुन त हाम्रो साइनो पनि विधुतिय नै हो जस्तो लाग्द्छ मलाई । यदि उनको साथ छुटे पनि हाम्रो साथ चाँहि नछुटोस् है !

समाप्त !!


कुराकानी

'मानिसको चरित्रको पहिचान ऊसँगको कुराकानीबाट थाहा हुन्छ ।'
-मिनेडर

'कुराकानी प्रिय होस्, बनावटी नहोस्, स्वच्छन्द होस् तर अश्लील नहोस्, विद्धतापूर्ण होस् तर दम्भयुक्त
नहोस्, अनौठो होस् तर असत्य नहोस् ।'
-विलियम शेक्सपियर

मेरो बारेमा

मेरो नाम ?



अफिसीयल डकुमेन्टमा र नागरिकताको प्रमाण पत्रमा अर्कै भएपनि आफ्नै न्वरान अनुसार ब्लगमा मेरो नाम 'नरेन्द्र' नै हो ।


मेरो जन्मस्थान ?


म अछाम पायल गा.वि.स. वर्डा नं. १ देवल ढुङ्गामा जन्मिएको हुँ ।


मेरो जन्ममिति ?


२०४३ साल साउन २५ गते शुक्रबारका दिन जन्मिएको हुँ । उमेर छुट्याउने जिम्मा तपाईहरुलाई नै छ ।


मेरो शौख ?


मलाई चराचुरुङ्गी, जनावर र प्रकृतिप्रति विचित्रको आकर्षण छ । त्यसैले हरेक महिनाको अन्तिम शनिवार चिडियाखाना घुम्न जानु मेरो शौख हो ।


मलाई मन पर्छ ?


प्रकृति, प्रेरणा, पुस्तक र भ्रमण ।


मन पर्दैन ?


झुठ बोल्ने ।


खेल्छु ?


भलिबल र चेस ।


खेल्दिनँ ?


तास र लुडो ।


हेर्छु ?


फुटबल र रेस्लिङ्ग ।


हेर्दिनँ ?


टेलिसिरियल र टेस्ट क्रिकेट ।


हाँसो उठ्छ ?


जोक्स सुन्दा ।


रिस उठ्छ ?


झुठो बोल्ने मानिस देख्दा ।


अभिनय मन पर्छ ?


जोनी लेवरको ।


चर्चा सुनिरहन मन पर्छ ?


डिएगो म्याराडोनाको ।


मेरो रोल मोडल ?


अर्नेष्टो चे गुएभारा ।


मलाई मन पर्ने दार्शनिकहरु ?


कार्ल मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओ, वी. पी. र क. प्रचण्ड ।


घृणाका पात्रहरु ?


एडोल्फ हिटलर र राजा राजेन्द्र शाह ।


पढ्दा बोर लागेको पुस्तक ?


कुनै पनि छैन ।


सबै भन्दाबढी दॊहोर् याएर पढेको पुस्तक ?


कार्ल मार्क्स र फ्रेडेरिक एंगेल्सको विश्वप्रसिद्ध 'कम्युनिष्ट पार्टीको घोषणापत्र' ।


अहिले सम्म किनेको सबैभन्दा महँगो पुस्तक ?


कार्ल मार्क्सको विश्वप्रिसद्ध 'पूँजी' नामक पुस्तक, जसको मुल्य ने. रु. १००० ।


पढ्दा खेरी धेरै हाँसो उठेको पुस्तक ?


भैरव अर्यालको जयभुँडी ।

मेरो विचार ?


उत्पीडनबाट देशलाई मुक्त गरी शोषणरहित समाज निर्माण गर्ने विचारको समर्थन । जनवाद, समाजवाद हुँदै साम्यवादप्रति आस्था ।


मेरो सर्मपण ?


जसले धुरु-धुरु रोएर राष्ट्रलाई माया गरे उहाँहरुप्रति ।


मेरो विश्वास ?


विज्ञान, इमान्दार र कामप्रति ।


मेरो लक्ष्य ?


एक साधारण जिवन ।


ब्लग किन ?


धेरै कुरा धेरैसँग बाँडिदैनन् त्यस्ता कुरा तपाईसँग बाँड्न ।


मलाई सहयोग गर्न चाहनुहुन्छ भने ?


ब्लग नियमित पढिदिनु होला । कमेन्ट लेख्न कन्जुस्याई नगरी दिनु होला बस् । मलाई करोडौं हुनेछ ।

धन्यवाद !!














Thursday, July 15, 2010

खान्नँ भन्दा पनि रक्सी

खान्नँ भन्दा पनि रक्सी, के भरेकी हत्तेरीका । २
फेरि आँखा झिम्क्याएर, के गरेकी हत्तेरीका । १


(तल्लो कोठा मेरो थियो) माथिल्लोमा तिमी बस्थेयौ । २
दुनियाँको गाल पार्न, के झरेकी हत्तेरीका । १
खान्नँ भन्दा पनि रक्सी, के भरेकी हत्तेरीका । १


त्यतै बसभन्दा यता, के सरेकी हत्तेरीका । १
फेरि आँखा झिम्क्याएर, के गरेकी हत्तेरीका । १


मन थाम्न सक्दिनँ म, भन्ने कुरा थाहा छैन । २
आङ्गै भरी मगमगाउने, के छरेकी हत्तेरीका । १
फेरि आँखा झिम्क्याएर, के गरेकी हत्तेरीका । १


(सबै कुरा लेख्या छैन) लेखें त यै गजल लेखें । २
पछि बसि अहिले आँखा, के तरेकी हत्तेरीका । १
फेरि आँखा झिम्क्याएर, के गरेकी हत्तेरीका । १





तिमी प्रतिबद्ध बन्नुपर्छ

मान्छे आखिर मान्छे नै हो
तर असल मान्छे बन्न कैयौं प्रयास गर्नुपर्छ
पहाडको शिखरमा चढ्न सायद सबैलाई इच्छा हुँदैन होला
तर तिमीले त्यो शिखर चढ्ने हिम्मत गर्नैपर्छ
कसैले तिमीलाई अपमान र तिरस्कार गर्न सक्छन् साथी
ती सबै घमण्डबहादुरहरुको सामु तिमी
सतिसालझै प्रतिबद्ध भएर हाँस्नु सक्नुपर्छ
नागवेली परेका बाटाहरुको बीच चौतारीमा
नसुस्ताउँदै वेगवान् घोडाझै अगाडी बढ्नुपर्छ
एउटा असल मान्छे बन्न तिमीले हजारौं प्रयत्न गर्नुपर्ने हुन्छ साथी
निरन्तर निरन्तर...................... ।

Friday, June 11, 2010

वेश्याको पछि लाग्दाखेरी

हुन त वेश्याको पछि लागेर उभोगति भएका मनुवा कतैपनि भेट्टिदैँनन् । बरु उधोगति भएका नै भेट्टिन्छिन् । उभोगति त वेश्याको नै हुन्छ, जसले लाजपचाउँदै आफ्नो नैतिकता बेचेर कमाउँछन् । हाम्रो भाषामा वेश्या (रण्डी) आइमाईलाई भनिन्छ, जो आइमाई आफ्नो ओछ्यान छोडेर अरुको अर्थात परपुरुषको ओछ्यानमा सजिलै सुत्छे र सहवासमा लिप्त हुन्छे । अनि तिनीहरुसँग संगत गर्नेको उन्नती कसरी होओस् त ? पछिल्लो समयमा राजनीतिको वेश्या नेकपा (एमाले) भएको छ । जसको इतिहास २०४६ सालको परिवर्तन पछि देश र जनता भन्दा पनि पद, पैसा र सत्ता भएको छ । जसले वेश्याको भन्दा पनि कम नैतिकता बेचेको छैन । ०५१ साल मंसिर १४ गते मनमोहन अधिकारीको नेतृत्वमा नेकपा (एमाले) ले अल्पमतको एकमना सरकार निर्माण गर् यो । महेन्द्रनगर जाँदा हेलिकप्टर दुर्घटना भएर टिचिङ्ग हस्पिटलको थाङ्गनामा सुतिरहेका मनमोहन अधिकारीलाई काँग्रेसले अविस्वासको प्रस्ताव ल्याएर फेरि सिंहदरवार छिर्न दिएन । त्यसपछि ०५२ भदौ २७ गते काँग्रेसले नै शेरबहादुर देउवाको नेतृत्वमा सरकार निमार्ण गर् यो, एमाले प्रमुख प्रतिपक्ष भयो । जनताले सोचे, साँच्चै एमाले नैतिकवान रहेछ । तर देउवा सरकारको खम्बा पनि १८ महिनामै भाँचियो । त्यसपछि ०५३ फागुन २९ गते लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा मन्त्रीमण्डलको ओछ्यान लाग्यो र नेकपा एमाले त्यही ओछ्यानमा सुत्न गयो । एक वर्ष नपुग्दै चन्दको ओछ्यान धुजाधुजा भएर फाट्यो, त्यही ओछ्यानबाट नेकपा (एमाले) पनि ७ महिना सुतेर बाहिरियो । पछि ०५४ असोज २१ गते सुर्यबहादुर थापाको नेतृत्वमा असक्त मन्त्रीपरिषद् गठन भयो । त्यो मन्त्रीपरिषदमा नेकपा (एमाले) हातखुट्टा मोल्न गयो । यो सरकारका हातखुट्टा पनि नेकपा (एमाले) ले ७ महिना मोल्यो । त्यसपछि ०५५ बैशाख २ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा लङ्गडो सरकार बन्यो । नेकपा (एमाले) त्यसमा बैशाखी बनेर काँध हाल्न गयो । त्यो भन्दा पछिपनि नेपालमा मन्त्रीपरिषद्का डसना १२ पटक ओछ्याइए । तिँ मध्य नेकपा (एमाले) ९ ओटा डसनामा सुतिसकेको छ । ०५६ जेठ १७ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वमा ओछ्याइएको डसनामा सुतेन । तर ०५६ चैत्र ८ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ओछ्याइएको डसनामा मस्त निन्द्रामा निर्वस्त्र सुत्यो । त्यसपछि ०५८ साउन ११ गते शेरबहादुर देउवाको अँगालोमा पनि टाँसियो । तर ज्ञानेन्द्रको ७ दिने ओछ्यानमा भरी सुतेन । आखिर नानी देखिको बानी नेकपा (एमाले)को छुटेन । ०५९ असोज २५ फेरि लोकेन्द्र बहादुर चन्दकोमा, ०६० जेठ २१ सुर्यबहादुर थापाकोमा र ०६१ जेठ २० फेरि शेरबहादुर देउवाको ओछ्यानमा धोतीले नाक छोपेर सुत्यो । ०६१ माघ १९ गते किन हो कुन्नी ? ज्ञानेन्द्रको ओछ्यानमा सुत्न लाज मान्यो र गएन । हुन त ०६० जेठमा सुर्यबहादुर थापाको ओछ्यान लाग्नु भन्दा पहिले ज्ञानेन्द्रलाई नै बिन्तीपत्र चढाएका थिए, वर्तमान नेपालका प्रधानमन्त्री माधव कुमार नेपालले । त्यसपछि ०६३ बैशाख १२ र ०६३ चैत्र १८ दुईपटक गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा स‌ौता बन्यो र ०६५ साउन ३१ पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा झन् धर्मपत्नी भएर सुत्यो । ०६६ जेठ १० गते नेकपा (एमाले) आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा काँग्रेसलाई श्रीमान र अन्य २५ भाई देवर बनाई आफै ओछ्यान लगाएर सुतिरहेको छ । सिरक आफ्नै डसना आफ्नै भएपछि नेकपा (एमाले) लाई के को टन्टाभयो र ? नकसैको कोठा खोज्नु, नकसैको ओछ्यान खोज्नु ।


'कुशल शासकलाई भविष्यको चिन्ता हुन्छ तर राजनीतिज्ञलाई आगामी चुनावको मात्र चिन्ताहुन्छ' - अब्राहम लिङ्कनको माथिको उल्लेखित भनाई नेपाली समाजमा सतप्रतिशत साँचो सावित भएको छ । अस्थिर राजनीति त्यसैमाथि भइरहने फोहोरी खेलबाट आमनागरिकहरु आजित भइसकेका छन् । चुनावका बेला मात्रै उपयोग गरे पर्याप्त हुने, अरु बेला कुनै वास्ता गर्नु नपर्ने, रकम जम्मा गरेर चाहिएको बेलामा निकाल्ने सञ्चित भोट बैंक हुन् जनता भन्ने लाग्दो हो हाम्रा राजनीतिज्ञहरुलाई । आफ्नो औकातले थेग्नै नसक्ने गरी आश्वासनका पोका बाँड्दै भोट मागेको बिर्सने नेताहरु सत्ताको कुर्सी पाएपछि आफ्नै कार्यकर्ता रोजीरोटीको लागि आत्मदाह गर्दासम्म रमिते बनेर आनन्द लिन्छन् । यो भन्दा लाजमर्दो कुरा अरु के होला ? माननीय मन्त्री, सांसद् या नेताज्यूलाई एकदुईजना कार्यकर्ता मर्दैमा केही फरक पर्ने छैन होला तर उक्त व्यक्तिबाट आश्रित परिवारको विचल्लीतर्फ नेताज्यूको ध्यान गएको पाइँदैन । एकजना कार्यकर्ताले आफ्नो लागि पार्टीले केही नगरेपछि आत्महत्या गर्छ भने यो भन्दा ठुला सफलता अरु के हुन सक्ला त ? नेताहरुको मानसपटलमा घुस्नुपर्ने हो अहिले रोजीरोटीको लागि केही उपाय नदेखेर आत्महत्या गर्ने कार्यकर्ता चुनावताका हाम्रो पार्टीलाई कति सघाएको व्यक्ति हो, यदि यसले चुनावमा सहयोग नगरेको भए एक मतले भए पनि हाम्रो पार्टी तल पर्नै थियो । तर यो कुराको हेक्का राख्ने फुर्सद छैन नेताज्यूसँग । वर्तमान सरकारको डाडुपुन्यू आफ्नो पञ्जामा पारेको एमाले सरकारका पुराना कार्यकर्ताले एमाले पार्टी कार्यालय बल्खु दरवारमै गई आत्महत्या गर्नुले प्रस्टै देखाएको छ । नौ वर्षसम्म जेल जीवन बिताए, आफ्नो सम्पूर्ण जीवनकाल एमाले पार्टीकै लागि समर्पित गरे, आफू भन्दा पछि राजनीतिमा लागेका कार्यकर्ताको हैसियत कहाँबाट कहाँ पुगिसक्यो आफ्नो जहाँको त्यही हुँदा, गाँस, बास र कपासको जोहो गर्न उनले कसलाई हारगुहार गर्न बाँकी राखें ? वर्तमान सरकारका प्रधानमन्त्री, गृहमन्त्री र पूर्वउपप्रधानमन्त्री केपी ओलीसम्मलाई बिन्ती बिसाए । त्यो पनि आफ्नै लागि गाडी चाहिएर, काठमाण्डौंमा आलिशान महल उभ्याउने चाहाना भएर, देश विदेश घुम्ने चाहाना भएर पक्कै होइन होला । उनले आफ्नो छोराको लागि हातमुख जोर्न मेलो मिलाई दिन आग्रह गरेका थिए, यति त्याग गर्ने कार्यकर्ताको त यस्तो हालत छ भने, भर्खर-भर्खर राजनीतिमा कखरा सिक्दै गरेका कार्यकर्ताको भविष्य कस्तो होला ? नेतालाई थाहा छ आफ्नो पार्टीमा एकजना मात्रै कार्यकर्ता बढाउन सकियो भने चुनावमा एक भोटले पक्कै अर्कोभन्दा अगाडी आउन सकिन्छ तर त्यो कार्यकर्ताको मनोबल गिरेकोतर्फ कुनै वास्ता छैन । अहिले हरेक कारणबाट निकै चर्चाको शिखरमा देखिएका गृहमन्त्री भीम रावलका तिखा वचनले ६५ वर्षीय डिकेन्द्र राजवंशीलाई चिताको संघारमा पुर् याइछाड्यो । चुनावका बेला निकै गुलिया ललिपप बाँड्न माहिर नेताले आफ्ना कार्यकर्ताले गाँस बासको लागि आग्रह गर्दा मेरो 'कोटको खल्तीमा छ र तिमीलाई जागिर दिऊँ ' ? भन्छन्, योभन्दा तिखो काँडा अरु किन चाहियो ? आफ्नो सम्पूर्ण जीवन पार्टीका लागि सुम्पिएर लागिपरेका डिकेन्द्रजस्ता हजारौं डिकेन्द्रहरु यसैगरी आतमहत्याको मार्ग नपहिल्याउलान् भन्न सकिँदैन । गृहमन्त्रीज्यू लाखौं करोडौंका पजेरोमा शयर गर्न सक्छन्, लाखौंका फर्जी बिल मिलाउन सक्छन्, आफ्ना अरौंटे-भरौंटेलाई जहाँ भन्यो त्यहीँ जागिर खावाउन सक्छन् तर एउटा त्यागी कार्यकर्ताको लागि सानो रोजीरोटीको बिलौना गर्दा खल्तीको सान देखाउँछन् । गरिबी निवारण कोषको नाम बेचेर पचहत्तर लाखसम्म धज्जी उडाउने हर्कत राख्ने प्रधानमन्त्री माधव नेपालज्यू पनि डिकेन्द्रको चीत्कार सुन्ने मामलामा कमजोर देखिए । प्रधानमन्त्रीकै हैसियत नङ्ग्याउने खालको जागिर पक्कै खोजेका थिएनन् होला तर मुखमा माड लगाउन नसकेर जिन्दगीदेखि हार खाएपछि डिकेन्द्रजस्ता नागरिकहरु आत्महत्याको मार्ग पहिल्याउन विवश हुन्छन् । भोली अन्य पार्टीका कार्यकर्ताहरु यसैगरी संसारिक पहिबन्दबाट टाढाको यात्रा तय नर्गलान् भन्न सक्ने अवस्था रहेन । पार्टीका लागि सर्वश्व त्याग गर्दा पनि केही हात नलागेपछि कार्यकर्तामा वितृष्णा उत्पन्न हुनु स्वभाविक हो तर यसतर्फ नेताज्यूको खासै ध्यान गएको पाइँदैन । माथिल्लो तहका नेताहरुमा स्वात्वैबढेको विलाशीता तल्लो तहका नेताहरुको अवमुल्यन आश्वासनका पोकाभन्दा अर्थोक नपाएका आमनागरिक नेताको सत्तामोहका कारण आहात भइसकेका छन् । नागरिकको अगाडी केही गार्छौजस्तो गर्ने तर चुनाव जितेर राजधानी छिरेपछि आफ्नै तानावानामा अल्झिने नेताहरुलाई डिकेन्द्रले स्वर्गबाट पनि धिक्कार्नेछन् । उनी त पछिल्लो प्रतिनिधी पात्र मात्र हुन् । मात्रात्मक रुपमा धेरैथोरै होला तर हरेक राजनीतिक पार्टीभित्रका कार्यकर्ताका अपेक्षा ओझेलमा परेको साँचो हो । जुन अपेक्षा अँगालेर राजनीतिमा हाम फालेका थिए आज तिनै कार्यकर्ताको बुइ चढेर नेताहरुमा अहमता पलाएको छ । "कोही त भने जहाजमा सरर, कोहीका भने पसिना तरर" हाम्रो नेपालमा यो गीतको गहिराइमा जति कुरा लुकेको छ नेपाली राजनीतिमा यो भन्दा धेरै होला तर कम पक्कै छैन । हरेक राजनीतिक पार्टीभित्र नियाल्ने हो भने कुनै न कुनै रुपमा असन्तुष्टि देख्न सकिन्छ । हाम्रो पार्टीलाई सहयोग गर्ने भो भने तपाईका छोराछोरीलाई भने जस्तो ठाउँमा जागिर खुवाइदिन्छौं, राम्रो ठाउँमा पोस्टिङ गराइदिन्छौ, अरु पार्टीको भन्दा निकै राम्रो भबिष्य छ हाम्रो पार्टीमा । यसखाले आश्वासन हरेक पार्टीका नेताहरुले सुनाउँछन् चुनावताका । गाउँघरमा सोझासाझा नागरिकलाई यतिका गुलिया वचन पाएपछि के चाहियो र ? निर्धक्क भएर आफ्ना सन्तानलाई त्यही आश्वासन बाँड्ने पार्टीमा समर्पित गराउँछन्, छोरा वा छोरीले राम्रो जागिर खाला, राम्रो ठाउँमा काम गर्ला, हाम्रो बाँकी जीवन पनि राम्रैसँग बित्ला भन्ने कोरा आशा सङ्गालेका आमाबाबुहरु अन्त्यमा तिनै अपेक्षा राखेका छोराछोरीलाई उल्टो केही गर्न नसकेपछि आत्मदाह गर्न बाध्य हुन्छन् । वास्तवमा राजनीति जस्तो फोहोरी खेल दुनियाँमा केही छैन होला । केही गर्छौ भन्ने उमेरका युवाहरुको जमात निकै महत्वाकांक्षा बोकेर राजनीतिमा हाम फाल्नेहरुको नियति कस्तो होला ? सहजै अनुमान लगाउन सकिँदैन । तर यस्तै अवस्था कायम रहने हो भने कार्यकर्तामा हरेक दिन निरासा बढ्दै जाने, जनताहरुबाट एक्लिँदै सत्ताको कुर्सी नै धरापमा पर्ने कुरामा राजनीतिक दलका नेताहरुको बुद्धी फिर्न जरुरी छ । निम्नवर्गीय जनतालाई नेपालको राजनीति माछो माछो भ्यागुतो जस्तै भएको छ । यस तर्फ ध्यान कहिले जाला हाम्रा राजनीतिक दलका नेताहरुको ? सबैलाई चेतना भया !

समाप्त !!

Monday, April 12, 2010

यो सरकार ढाल्नु हुँदैन

कठ्पुतली सरकारका छोटे राजा माधवकुमार नेपाल आजभोली हाँसोका पात्र बनेका छन् । सायद आदरणीय लेखक खगेन्द्र संग्रौलाले कुन्सान काकाको सट्टा माधव काका नामको एउटा शिखण्डी पात्रको परिकल्पना गरेको भए अझै सान्दर्भिक हुने थियो । नेपाल भन्ने लोकका कुरा नसुन्ने तर नेपालकै प्रधानमन्त्री होलान् भनेर उपन्यासमा पनि परिकल्पना गर्न सकिएको थिएन । हुन त उनले सधैं अनपेक्षित काम नै गर्न मन पराउँछन् । फेरि इतिहासका ती घृणित शृङ्खालाहरुलाई कति दोहोर् याउने ? संविधानसभाको निर्वाचनताका यिनको हुँकार सुन्दा जोकोहीलाई लाग्थ्यो- "जनता त यिनकै मात्र पेवा पो हुन् कि क्या हो !" दुईदुई ठाउँबाट पराजित भएपछि उनको हैसियत रत्नपार्कमा आफूलाई राष्ट्रपति घोषणा गर्ने 'मुकुन्दे' को भन्दा फरक भएन । उनको दिमागमा कतै पनि आशाका त्यान्द्राहरु बाँकी रहेनन् । सायद उनका लागि केही विकल्पहरु थिए होला 'अपराध' यानी कोतपर्वहरु मच्चाउने वा राजनीतिक सन्यास लिई कृष्णप्रसाद भट्टराईको पथ अनुकरण गर्ने । प्रचण्डको एउटा कमजोरी छ - "निन्याउरो, मलिन, रुन्चे र छटपटिएको व्यक्ति देखेपछि दुष्ट नै भए पनि दया गर्ने" यही कमजोरीमाथि टेकेर उनी सभासद् बने । अब भने उनमा फुर्तीहरु एक्कासि बढेर आयो । षड्यन्त्रहरु र आत्मसमर्पणका गोटीहरु चाल्दै माओवादी नेतृत्वको सरकारविरुद्धका प्रतिगामी र दक्षिणपन्थी मोर्चाबन्दीहरुतर्फ अग्रसर भए । ज्ञानेन्द्रलाई त पाउ ढोग्नेहरुले अरु कसलाई बाँकी राखे होलान ? यी आफूलाई बहुत् नामी कूटनीतिज्ञ ठान्छन् र अस्ति मात्र भन्न बाँकी राखेनन्- "भारतलाई पासपोर्ट (एमआरपी) छाप्न दिनु सरकारको कूटनीतिक र राजनीतिक कारण ।" यो अभिव्यक्तिले मात्र पनि देखाउँछ, उनले कति तल्लो दर्जामा गिरेर पनि गुलामी गर्छन् । उनको कूटनीतिको अस्त्र नै गुलामी अनि निरन्तर गुलामी हो । यसबाट उनको राजनीतिक दरिद्रता र मानसिक विक्षिप्तताबाहेक के देखिन्छ र ? यदि सरकार चलाउन मनोबैज्ञानिक परीक्षण हुनुपर्दथ्यो भने उनको उत्तम हैसियत भ्रष्ट कर्मचारी नै हुन्थ्यो, बरु उनलाई वीरगन्ज वा सुनौली नाकातिर पठाइदिए काफी हुन्थ्यो । उनी नेपाली जनताको कुरा सुन्दैनन् किन पो सुनून् ? नेपाली जनताले उनलाई एउटा सभासदमा पनि जिताएका वा पत्याएका होइनन् । उनी नेपालको हित जान्दैनन् किन पो जानून ? उनी नेपालको आकाशवाणीबाट प्रधानमन्त्री भएकै होइनन् । उनी नैतिकता बुझ्न दसक्दैनन्, किनकि नैतिकता मानेको भए न सभासद् हुन्थे न त प्रधानमन्त्री नै । उनलाई लाग्दो पनि होला जनताले कुन नैतिकताका आधारमा मलाई तिरस्कार गरे ? नैतिकता नै नभएको देशमा म किन नैतिक बन्ने ? उनलाई सायद विजयकुमार गच्छदार, सूर्यबहादुर थापा, विद्या भण्डारी र शंकर पोखरेलहरुले यही कोच गरे । यत्रतत्र सरकार ढल्ने चर्चा परिचर्चा सुरु भएपछि फेरि उनले डिनर, पार्टी कूटनीति सुरु गरिहाले । असन्तुष्ट पार्टीहरु र नेताहरुले समर्थन फिर्ता लिन सक्ने भन्नासाथ डिनर पार्टीको तयारी भइहाल्ने भयो । अनि उनले रक्सीको नशामा भने- "सर्वसम्मत नेतृत्व भए सरकार छाड्छु र बाधक बिन्दन ।" अर्कोतर्फ विजय गच्छदारहरुलाई भन्न लगाए सरकार ढाल्ने भए बहुमतबाट अविश्वासको प्रस्ताव ल्याउ । यी कतिसम्म नाङ्गै नाच्छन् र झूटको खेती गर्छन् भन्ने कुराको चरम् सीमा हो यो । सभासद् किनबेचबाट सरकार चलाईराख्ने यिनको बुद्धि अजङ्गको छ । यिनले नारायमान बिजुक्छेको घरमै गएर भात खाइदिएछन् । अनि भक्तपुरे राजासा'पलाई लाग्यो होला देशको कार्यकारी प्रधानमन्त्री पनि बिन्तिभाउ गर्ने म कति शक्तिशाली ? माधव नेपालको नेतृत्वको सरकारलाई धेरैले धेरैथरिका संज्ञा दिए । प्रचण्डले खुल्ला माचबाट कुहिएको फर्सी भन्दा यिनलाई खुब खुसी लाग्यो रे ! किनकि कुहिएको फर्सीलाई त गाईवस्तुले पनि खाँदैनन् यो अझै कुहिन र गल्न पाउने भयो । उनको अन्तिम इच्छ पनि त्यही हो - सरकार कुहिएर भतक्कै गल्न पाओस् र अरुले र् याल काड्न नपाओस् । कसैले उनलाई कट्टुलगाएर सडकमा कुदेको सन्काहा मानिस भने । उनलाई पूरा लुगा लगाउनु पो किन पर् यो ? उनको तामझमपूर्ण यात्रा सडकमा निरन्तर जारी छ । सेना र पुलिसको गाडीहरु अघिपछि कुदेकै छन् । आसेपासे र लोभीपापीहरुको भीड लागेकै छ । भ्रष्टचार झनपछि झन् अनुकुल बन्दैछ । विपक्षीहरु र जनताहरु पनि यिनलाई गाली गर्दागर्दा वाक्क भइसके । अब कति गाली गर्ने ? त्यसकारण माधव नेपाललाई कृपा गरेर नढालौं उनलाई अझै सड्न गल्न कुहिन र दुर्गन्धहरु छर्न दिउँ । अनि सबै जनताले मास्क लगाएर र चश्माहरु लगाएर हिँड्न थालौं । डायरिया वा पखालाहरु लाग्न सक्छ, जीवनजलहरु सन्चित गरौं । वन जङ्गलमा राउटेहरुले अधिकार मागेका छन्, मधेसमा मधेसी र पहाडमा पहाडियाहरुले । त्यही मौकामा परजीवीहरुले पनि राज्य मागेका छन्, माकुनेको सरकार भएको राज्य । यी परजीवीहरुको बाँच्न पाउने अधिकारका लागि भ्रष्ट र लुटेरा, कालाबजारिया, प्रतिगामी, यथास्थितिवादी र दक्षिणपन्थीहरुको बाँच्ने अधिकारका लागि पनि यो सरकार ढाल्नु हुँदैन ।


समाप्त !!

Thursday, February 4, 2010

रातको अँध्यारोसँगै


संघर्ष छ र त जीवन बाँचेको छ । भन्छन्- हरेक जीवनको थालनी बिहानपख झिसमिसेसँगै सडकबाट हुन्छ । तर केही यस्ता पाइला भिन्नै । ती पाइला रातको अँध्यारोसँगै ढोका-संघारबाट बाहिर निस्कन्छन् । तिनको जीवन रातसँगै थालनी हुन्छ । यतिखेर रात ढल्न थालेको छ । अब थालनी हुन्छ रातसँगै मेरो कहानी अर्थात् मैंले मेरो र छोराका लागि थाल्नु छ उही कहानी । पाउरोटी ल्याउँछु बाहिर पसल बाट । त्यसलाई भाँचेर दुई टुक्रा मुखमा हाल्छु छिर्दैन । बाबुलाई ख्वाउँछु आधा ख्वाएर सिरानीमा राखिदिन्छु । सिंगारपटार गर्न थाल्छु । केश कोर्छु । लाली लाउँछु पाइन्ट लगाउँछु पफ्र्युम छर्कन्छु मगमगाउने वासना आउने गरी । सबै गरिसकेपछि ऐना हेर्छु । अनायास बुढ्यौलीले छोएको अनुहारले झस्काउँछ । सम्झन्छु फेरि आफूलाई । हातमा पाउरोटी उचालेर नखाईकन टोलाइरहेछ बाबु । स्याण्डिल झिक्छु । म जान लागेको थाहा पाएर अघिल्ला दिनमा झैं सोध्छ- 'काँ जाने मामु' ? फेरि उही प्रश्न दोहोर् याउँछ । आज बढी जिद्दी गर्न थाल्छ । मैंले लगाएको जीन पाइन्ट समाएर कर गरिरहेछ- मलाई डर लाग्छ मामु । नजानू न मलाई छाडेर । एकैछिनपछि उसका आँखाबाट झरिरहेका आँसु बाटो छेक्न आउँछन् । म सम्झाउँछु । तर ऊ लगातार रोइरहेछ । तर म सम्झाउने असफल प्रयास गरिरहेंछु । कति गाह्रो नाघ्न -'आँसुकाँडा बारुलाई ! अहँ नीलकाँडाको बार बरु सजिलो होला । तर आँसुको यो काँडॆतार ! ठूलो पर्खाल भएको भए बरु नाघ्न सजिलो हुँदो हो । मलाई अत्यन्त जटिल भैदिन्छ । अब कसरी बाहिर निस्कुँ , जाउँ म कसरी ? थचक्क बस्छु ढोकामा ऊ छातीमा टाँसिन आउँछ । उसका आँखा र अनुसारको अनुनयलाई मैंले हेर्न नसकी छातीमा चपक्क टाँस्छु । जोडले मुसार्छु । ममताको सागर उर्लेर आउँछ । भक्कानो छुटेर आउँछ रोइदिन्छु । 'मामु मलाई छाडेर नजानू न । मलाई राति डर लाग्छ । म मामुसितै सुत्छु । ऊ आँसुसँगै बर्बराइरहेछ । उसका हात मेरो कपालमा छन् । म घरी उसको पिठ्युँ मुसार्छु घरी टाउको । केही बोल्न सकिरहेकी छैन । मात्रै यत्ति बोली नि झर्दैन- 'म नगए के खाने बाबु तिम्री आमाले आफूलाई नबेचे केले पेट भर्ने ?' अहँ छोरालाई सम्झाउन नसकेको पीरले मुटुमा झन् 'गाँठॊ' पर्छ । पोहोरसम्म त बोली आउँदैनथ्यो बाबुको । दुध ख्वाएर जान्थें । आएर ख्वाउँथें । रमा दिदीको छोरासँग बाबुलाई छोडेर निस्किन्थें म । तर अब ? अस्ति जाँदा भनेथें- शोभा आन्टीकहाँ जाँदैछु भोली सबेरै आउँछु । हिजो भन्यो- मामु ! म पनि शोभा आन्टीकहाँ जान्छु है ! मलाई छाडेर नजानू न ढिपी गर्न थाल्यो । मैंले अर्कै कुरा भनेर सम्झाएथें । तर आज के भनेर ढाँटु, के भनेर टारु, अब उसलाई टार्ने सबै तर्कनाहरु सकिइसके । खोज्छु तर भेटीरहेकी छैन । उ उसैगरी रोइरहेछ । म केही भन्न नसकेर झन ठूलो हिक्का छाडी रुन थाल्छु । यो बिरानो शहरमा न सम्झाउने कोही छ, न त कोही साथ दिने न कोही हात दिने । एकदमै बल गरेर एकपालि बोली आफै खस्छ- 'हेर बाबु ! पल्लो कोठामा राजु दादा छ नि ! क्यै हुँदैन मेरो छोरालाई । यी यो पाउरोटी खाऊ । निन्द्रा लागे सुत्नू । म सबेरै आउँछु ।' म बार लागेका आँसुका काँडा टेक्दै नपन्छाई निस्कने असफल प्रयास गर्छु । ऊ रोएको चित्कारको सागर अझ उर्लेर आउँछ । 'मामु ! मलाई डर लाग्छ । एक्लै छाडेर नजानू न । म पनि जान्छु मामूसँगै ।' म फेरि उसलाई दुई हातले समातेर काखमा राख्छु । म्वाइँ खान्छु अँगालोमा बेर्छु । तर उसको अबोध अनुहारमा अजारौं गुनासाका रेखाहरु उकाली-ओराली गरिरहेका छन् । ती गुनासा मेरा लागि हुन् वा यो समाजका लागि चिन्ने प्रयत्न पनि गर्दिनँ म । हिक्कहिक्क गर्दै छातीमा टाँसिएको छ ऊ । म सुस्तरी छोडाउने प्रयास गरिहेकी छु । हेर्न सक्तिनँ । उसको र मेरो आँसुले मेरो सिंगारपटार बगाइसकेको छ । वाहियात लाग्छ मेकअप पनि, ठाँटिनु पनि । तर के गर्ने पेटको 'मन' कहाँ बुझ्छ र, आफूमात्र भए त बरु विष पिएर मर्ने थिएँ । तर यो बालक ! यसका लागि त मर्न सक्तिनँ । म नै रहिनँ भने यो अबोध बालक कहाँ जाला ? के खाला ? जति घृणित भए पनि यो नगरी मुखमा माड लाग्दैन । 'ए सरिता छिटो आऊ ' फेरि आवाज आउँछ । उसैगरी उचिच्याइरहेछ छोरो । कसरी सम्झाएर राखूँ सकरी बुझाएर राखूँ 'दिदी म अलिपछि आउँछु । हजूर हिँड्दै गर्नुहोस् ।' म आँखाको इसाराले भन्छु । बाबु मेरो छातीमा टाँसिएर हिक्कहिक्क गरिरहेछ । खै कतिखेरदेखि रोइरहेका छौं हामी याद भएन । रात कति ढल्यो घडी पनि हेर्दिनँ । रुँदारुँदै बाबु मेरो छातीमै निदाउँछ । ममताको बाढी उसैगरी उर्लेर बगिरहेछ । तर पेटका लागि जबरजस्ती थाम्ने असफल प्रयास गरिरहेछु । उसले बायाँ हातले पाउरोटी उसैगरी समातेको छ । अनुहारभरि आँसुका टाटैटाटा हेर्छु- ती टाटाहरुमा जीवनका घावैघाउ छन् । उसको शरिरबाट पनि पर्फ्युमको वासना आउँछ । ऐना हेर्छु । श्रृंगार सबै बिगि्रसकेको छ । आँसु पुस्छु । फेरि लालीकि्रम लाउँछु केश कोर्छु । 'राजु भाइ रोला हेर्नु है !' पाल्लो कोठामा खोइ के हेरेर हो ? टोलाइरहेको राजुलाई भनेर रातको अँध्यारोसँगै बाहिर निस्कन्छु । ठुल्ठुला महलमा बलेका बिजुलीबत्तीका झिलिमिलीसँगै रात तन्नेरी हुँदैछ । रक्सीसँगै निस्किएका अश्लील शब्दहरु अनि दोहारी डिस्को क्याबिनहरुमा बलेका इन्द्रेणी बत्तीले शहर मात्तिएर तलमाथि गरिरहेको प्रष्ट देखिन्छ । मात्तिएको शहरको चौबाटोमा पसल थाप्छु म- आफ्नो शरिरको । घरी पल्लो चोक, घरी वल्लो घरी रत्नपार्क, घरी भोटाहिटी । हेर्छु- सबैतिर मोलमोलाइ भैरहेछ । सबै छिल्लिरहेछन् । 'ए ……। ! जाने हो' फरक्क फर्केर हेर्छु । आवाज फेरि ओझेल हुन्छ । फेरि एकैछिनपछि पाँचजना आउँछन् । 'हामीसित जान्छेस् कि भ्यानमा हालौं ' चुपचाप उभिइरहन्छु केही बोल्दिनँ । अस्तिको पालि यिनैले लैजाँदा बाबु वितरा परेथ्यो । भोकले अनुहार नै चिन्न नहुने भएको थियो । आज पनि ……… ! चुपचाप मञ्जुरीको टाउको हल्लाउँछु । तर भोलि बिहान के खाने के ख्वाउने बाबुलाई नमान्दा झन् दुई-चार दिन थुनिहाल्छन् झनै बिजोग हुन्छ । झस्कन्छु यी दुइटै कुरा सोचेर । अब बिनापैसा लगे पनि यिनले 'जिउ खाजा' पार्ने नै छन् भ्यानमा हालेर थाना लगे पनि दुई-चार दिन राखिहाल्छन् । त्यतिका दिनसम्म के खाला बाबुले कति रोला हत्ते हुन्छ उसको । सोचेर मूर्तिजस्तै उभिरहन्छु । यो त माउ हो जस्तो छ यार ! अर्को हुल हेरेर जान्छ । म चुपचाप मानिसका भीडमा छलिँदै-छलिँदै पुलिसबाट ओझेल हुन्छु । 'हामीसित जाने ?' 'कतिमा ?' 'चालीसमा हुन्छ ?' हेर्छु यो पनि उही । अस्ति दिउँसो देहव्यापारमा लागेकाहरुको पुनःस्थापनाका लागि भनेर कुन आइएनजीओबाट आएको……… । मलाई कुनै आश्चर्य लाग्दैन । किनकि दिनभर देहव्यापारको विरोधमा भाषण गर्नेहरुले पनि कतिपय रात हामीसित गुजार्छन् । 'दाइ त्यसो नभन्नु न हाम्रो पनि समस्या छ नि ! के खाने त्यति थोरैमा गएर त्यसै लान खोजेर हुन्छ र दाइ ?' 'रुमी तँ !' 'आज बल्ल छोड्यो । सात दिन राख्यो नि ।' 'कहाँ ?' 'त्यो हनुमानढोकामा त होला ।' 'म त बेहोस नै थिएँ । कतिले के गरे पत्तै पाइन । होसमा आउँदा त आङमा लुगा पनि थिएन । घरमा नानीको हत्ते भएछ । हेर्न नसकेर फेरि आएँ । केही छैन आउनैपर् यो ।' रातको बत्तीमा उसको अनुहार झन भावुक देखिन्छ । 'चोरेर खाएको त होइन नि हामीले । आफ्नै शरीर बेचेर खाएको त हो नि !' अनायासै रेडियोको भोल्युमजस्तै एक्कासि तलमाथि भैदिन्छ-उसको बोली ।' घरी भन्छे घरी सोध्छे- अब त म यस्तो गर्दिनँ । 'के गर्छेस् त ?' 'खोइ केही थाहा छैन ।? 'अनि केले पाल्छेस् त्यो छोरा र आफूलाई ?' '……॥ !' बोली नि फुट्दैन मुखबाट । चुपचाप वरपर हेर्छ्रे । उही आफ्नो शरीरबाहेक अरु देखिन क्यार । आफ्नै शरीरलाई हेर्छे । अनायास भन्छे- आफ्नो शरीर बेच्ने त अन्तिम उपाय हो । मसँग यो बाहेक 'ए दिलासा दिदीको छोराको भर्ना भयो ?' पल्लो छेउबाट आउँछे शोभा । सोध्छे रुपालाई । 'अहँ ।' 'नौ महिनासम्म गर्भमा बोक्नेले किन नपाउने यो देशको शासनसत्ताले किन हामीलाई यसरी……। !' एकछिन सन्नाटा छाइरहन्छ । मानिसहरुको ओहोर-दोहोर ट्याक्सीको ओहोर-दोहोर तन्नेरी हुन थालेको सातसँगै बढिरहेछ । 'के पैसा यिनलाई । चाहिन्न पैसा लैजाऊ सालीहरुलाई ।' एक हुल आउँछ । लछारपछार पार्छन् । घृणाका शब्दहरु वर्षिरहन्छन् । 'के हामीले रहरले गरेका हौं र मनले नखाएको मान्छेलाई आफ्नो शरीर सुम्पनु रहर हुन्छ कसैको आफूलाई बेच्नु ।' 'यो पनि त पेसा हो नि बाध्यताको ! यसको पनि नियम त हुँदो हो नि !' 'तिमी यही गर्छाै' 'जति नजाती भए पनि नगरेर के गर्ने त ?' मानौं आज के गर्नॆ कहाँ जाने जीवनको बाटो खोज्ने, रोज्ने दिनजस्तो लागिरहेछ । थाहा छैन कसरी आज हरेकका मुखमा यसरी प्रश्नहरु झर्न थालेका छन् । म सोचेर हेरिरहन्छु । 'हेर ऊ त्यो घरमा बस्ने मेरा साख्खै ठुलाबा । मसँग बोल्न पनि सरम मान्नुहुन्छ । नचिनेझै गर्नुहुन्छ ।' लालमाया आज भावुक छे । किन थाहा छैन । 'रातभर हामीसित रात काट्छन् तिनैले दिनमा……। !' सोधिरहेछ । 'किन शरीर बेच्छन्' भनेर देशले हामीलाई कहिल्यै 'एकआखरु सोध्यो अहँ हामीसितै रात काटिरहेछ दिनमा हामीलाई थुक्दै हिँडिरहेछ । रातमा सडकसँग बर्बराउन थाल्छे नाम फरररर पार्छे- ऊसँगै रात काटेको मन्त्री, सचिव, पुलिस अफिसर, एनजीओ-आइएनजीओका हाकिमका नामहरु । 'रातभर हामीसँग दिनभर उनै महान् त्यागी समाजका प्रतिष्ठित ! रात हामीसँग बिताए पनि उनीहरु जस्ताको तस्तै तर हामीलाई भने……। !' 'यस्तै हो लालमाया ! जति सम्झ्यो उति मन खान्छ । जति मनमा कुरा खेलायो उति विरह फाटेर आउँछ । हाम्रो पनि मन छ सपना छ । सुन्दर जिन्दगी जिउने तिर्खा छ । राम्रो घरबार बसाउने तिस्रना छ । तर बुझ्छ कहिले यो 'भालेवादी समाजले यहाँको राज्यले हाम्रो विवशता र बाध्यतालाई र अन्त गरिदिन्छ यो घृणित पेसालाई ' अश्लीलता र रक्सीले मात्तिएको रात पनि चुपचाप भैदिन्छ एकछिन । क्याबिन डान्स रेस्टुराँ आदिबाट रंगीन बत्ती र छिल्लिएका आवाजहरु उसैगरी सडकमा झरिरहेछन् । ठुलाठुलाहरु कारमा रातको भोजन लगिरहेछन् । मात्तिएको रात चुपचाप हेर्न थाल्छ सायद लाज मानेर ! हामीले मात्र यो धन्दा कसरी गर्न सक्छौं र उनीहरुबिना । हामीले मात्र गर्न सम्भव छ र अहँ । हामीसँग सुत्छन् । तर उनीहरु राम्रा । किन हामीलाई मात्र भन्छन्- 'समाज विकृत पारे' भनेर । के उनीहरुबिना सम्भव छ यो पेसा किन हामीलाई मात्र दोष छिप्पिँदै गएको रातमा बिजुलीबत्तीको पोलमा अडेस लागेर सडकसँगको वार्ता जारी छ । 'ऊ हेर सरिता ! त्यै हो । मसर्िडिज गाडीबाट ओल्र्याे नि ! ऊ त्यो हो रातभर तारे होटलमा मसँगै सुतेर बिहानपख उही होटलमा देहव्यापारविरुद्ध कार्यक्रम गर्ने । खै कुन आइएनजीओको हाकिम हो । अर्काे प्राडो छ नि ऊ साइडमा होऽऽ त्यो हो त्यो कार्यक्रमको उद्धघाटन् गर्ने मन्त्री । नाम फररर पार्छे ऊ । 'आ' छाडिदे ती कुरा त्यस्ता नेता र हाकिम हामीसँग आउने त कति छन् कति । तिनका ुनाउँ भने मुख मैलो नभने रित्तो थैलो हुन्छु बुझिस् । तन्नेरी रातसँगै क्रमशः सडक लाजले घुम्टो ओढ्दै जान्छ । दुई सयमा । चार सयमा । चालीसमा रुपैयाँ । हजार दुई हजारमा । ………रातको शुन्यतासँगै मोलमोलाई जारी छ । हेर्न नसकेर सडकले मुख छापेको छ । आज के भो कुन्नि दिलासा लालमाया ………का कुराले मेरो मनमा अन्तरकुन्तर थाँती रहेको एउटा तिस्रनाले पोल्न थाल्छ । थाहा छैन कुन मोड हो यो । किन हुन्छ यस्तो जीवनमा यस्ता कुरा पनि आउँछन् सायद कहिलेकाहीँ । ुकहाँ छुटे मनका रहर कहाँ खसे दिलको तिस्रना त्यै अँध्यारो रातमा फर्केर हेर्छु । अहँ केही देखिँदैन । मात्रै कालो शून्य । जहाँ न जीवन न फुल न कुनै कहानी । रात शून्य आफैलाई भुलेका नजानिँदा याद । आफैलाई लिलाम बोलेका कहालीलाग्दा भोगाइ । आफैलाई पनि अपत्यार लाग्छ । भन्छु- होइन होला । 'मैंले समाजले जे गरायो उही गरेर गल्ती त गरिनँ' आफैलाई सम्झाउछु- के सधै यस्तै भैरहला एकदिन त आउला त्यस्तो पनि दिन जहाँ हामी पनि हाँसीखुसी बाँचौला आफुले चाहेको जिन्दगी । र हामीलाई यहाँ ल्याइपुर् याउनेहरु कठघरामा जालान् मृत्युका दिन गन्दै । के सम्भावना छैन गमिरहन्छु । बाबुको तिर्खाले मन नजानिँदो गरी हरर खान्छ । रोइरहेको 'मामु ! मामु भनी चिच्याइरहेको चित्कार कानमा गुिnजरहन्छ । 'म गएँ है !' अनायास बोली खस्छ । पाइला आफै डेरातिर फर्कन्छन् । सँगसँगै एउटा प्रश्नले खेद्दै आउँछ- 'के यो व्यावसाय महिलाले मात्र गर्नसक्छे पुरुषको सहभागिताबिना नै पुरुष अनिवार्य चाहिँदैन दुवै हुन्छन् भने किन समाज विकृत बनाए भन्छ यो समाजले यति घृणित काम गर्न बाध्य पार्ने राज्यले नि सोध्दैन- 'किन लाग्यौ यसरी ? भनेर किन कहिल्यै समाधान खोज्दैन अहँ आज झन् घृणा लाग्छ आफू हिँडेर आएको भीरको बाटो । झन् घृणा । कामना गर्छ जान्नँ कहिल्यै । त गर्ने के हेर्छु- सिर्फ शरीर मात्र आफ्नो भन्नलायक छ । पोइ छैन । आफन्तले नचिनेझै गर्छन् । कसैले न्याय दिएन । समाजले केही दिएन । कहाँ जाऊँ म अन्तिम विकल्प न हो आफूलाई बेच्ने । उही शरीर मात्र । मानिसहरु भन्छन्- दुई हातखुट्टा छन् गिट्टी कुटेर पनि खान सकिन्छ । के शरीरै बेच्नुपर्छ र तर यै राज्यले यै समाजले केही बाँकी नराखेपछि के रहन्छ र बाँकी ? फेरि हेर्छु उही शरीरमा केवल शरीर । 'मामु ! मामु !' बाबु रोइरहेको चिच्याहटले आधाबाटोमै भेट्न आउँछ । खुट्टा लर्बराउँछ । छिटोछिटो जान्छु । बिहानपख 'पेटका लागि जोहो गर्ने दुई-चार पैसा' लिएर फर्कने म रित्तै फर्किएकी छु । छिटोछिटो घरभित्र पस्छु । रुँदारुँदै थाकेको बाबुको अनुहार हेर्न सक्तिनँ म । अँगालो हाल्छु छातीमा टाँस्छु । सबै स्नेह खन्याएर मुसार्छु टाउको पिठ्युँ……… । 'मामु ! म पनि जान्छु है राति मलाई डर लाग्छ मामुसितै सुत्छु म ।' ऊ भक्कानिरहेछ । मेरा आँखा………! उसका भिजेका आँखामा गएर ठोक्किन्छन्- चामल छैन् । दाल छैन । नुन छैन । तेल छैन । पेट बाउँडिएर आउँछ । तर ममताको सबै बाढी खन्याएर म छातीमा च्यापिरहेछु । मन त छ यस्तो नराम्रो काम नगर्ने तर ………… । 'मर्छु बरु भोकै । गर्दिन घृणित काम बाबुको नागरिकता दिलाउन जे गर्नुपर्छ गर्छु । एकबार आमाको नामबाट नागरिकता दिलाउँछु नौ महिना गर्भमा बोक्ने आमाले के यो अधिकार पाउँदैनन् ? राज्य मौन । सायद बहिरो पनि छ । वा सुनेर पनि हावामा उडाइदिन्छ । छातीमा टाँसिएर बाबुले भनिरहेछ- मामु ! म मामुसितै सुत्छु । म पनि जाने मलाई डर लाग्छ राति । मलाई पनि लानुस् न है मलाई नछोड्नु न ।


समाप्त !!

Friday, January 29, 2010

छोरी माग्न जाँदा


करिब एकवर्ष अघि जण्डिसले ग्रस्त एकजना सहकर्मी मित्रले पुरानो बानेश्वरको आफ्नो घुर्मेलो डेरामा बोलाएर मलाई भनेका थिए नरेन्द्रजी, अब बिहे गरौं हाँसें बिहे नगरेर नै मलाई जण्डिस भएको हो झन हाँसें । हेर्नुस् उनी भावुक पनि भए, खाना राम्ररी खान पाएको भए जण्डिस हुन्थ्यो जे पायो त्यही खाइयो अहिले यस्तो भो बिहे गरेका भए कम्तीमा रद्दी खानाबाट जोगिइन्थ्यो अब आफैंलाई धान्न गाह्रो , उनको बेडछेउ टुसुक्क बसें ब्या गर् यो भने झन् के होला ? तनाव थपिन्छ काठमाण्डौंमा ब्या गरेर बस्न गाह्रो त्यो भर्खरै बेरोजगारीको महासागरबाट फुत्त बाहिर निस्किएको बेला थियो एउटा अखबारमा मैंले जीवनको पहिलो जागिर पाएको थिएँ अब उनका जण्डिस ग्रस्त पहेंला आँखा ठुला भए आँखाको सेतो सतहमा पहेंला धर्का प्रष्ट देखिए हेर्नुस, उनले डायरीका पन्ना पल्टाउन थाले मैंले हिसाब निकाल्या छु पाँच हजारमा दुई जनालाई खान पुग्छ कोठाभाडा तिर्ने गरी सात हजारले महिना मज्जाले कट्छ अब उनको हिसाब सुरु भो दालको यति चामलको यति तरकारीको यति हुँदै नुन, तेल, जिरा, मसाला, ग्यास, चिनी चियापत्तीमा पुगेपछि हिसाब पूरा भो मलाई मरिचवाला चिया खुब मन पर्थ्यो, मरिचको हिसाब भने देखिएन तैपनि हिसाब ठिकै थियो बिहेपछि चाँडै नै सन्तान जन्माउने योजना उनको हिसाबमा थिएन त्यसका लागि अत्यन्त आवश्यक कण्डम महंगो पनि थिएन जम्मा रुपैयाँको ढाल युज गरे हिसाबमा गडबडी हुने कुरा पनि थिएन बिरामी हुँदा एक्लोपन फिल हुँदोरहेछ मित्र झन् भावुक भए,अहिले तातोपानी तताएर खान दिने पनि कोही छैन कुरा गरौं भने पनि कसैलाई फुस्रद छैन ब्या भएको भए टन्टै साफ हुन्थ्यो ब्या गर्न हुन्थ्यो पनि एकाएक जंगिएँ तलबै राम्रो छैन ? तीन हजारले दुइटा बच्चाबच्चीसहित काठमाण्डौंमा बसेका मानिस पनि छन्, मित्रले थपे त्यो हेर्दा हामी धेरै नै कमाउँछौं नि नरेन्द्रजी ? करिब दुई घण्टाको व्यापक छलफलपछि निक्र्योल निस्कियो, साला जे भएपनि विवाह चैं गर्नै पर्छ तातो भात खान पाइन्छ सुख्खमा सँगसँगै हाँस्ने मौका नआएपनि दुख्खमा सँगै रुन पाइन्छ हामी मात्रै कति ओठ-मुख सुकाउँदै बेमौसमको एक्लो बेलौतीको रुखझैं खिङ्रङ्ग पर्ने कुरैकुरामा मेरा रहरका पातहरु पलाउँदै गए ठोकम, मित्रले आफ्ना तिघ्रामा मुड्की ठोके ठोकम जण्डिस ठिक हुनेबित्तिकै पनि ठोक्छु हो मेरा ढुकढुकी बढे विवाह गर्न सबैभन्दा पहिले केटी चाहिँन्छ बल्ल होस् आयो दुवै अबेरसम्म टोलायौं लभै गरेर बिहे गर्ने हो भने पनि क्याफे-कफी कफी-क्याफे गर्दागर्दै धेरै दिन बित्ने भए, खर्च हुने भए, फेरि लभ बिहेसम्म पुग्ने हो कि होइन ? लभै गर्ने हो भने पनि कसैले पत्याउनु पर्यो यदि लभै परेको भए यस्ता तनाव पनि हुँदैनथे आफुबाट केही होला जस्तो छैन अब एउटै बाटो - घर सल्लाह भो धेरै सपना नपालम् एरेन्ज म्यारिजलाई दस औंलाको प्रणाम गरौं घरमा फोन ठोकम् मित्रले आफ्नो मोबाइल अनलक गर्दै मतिर बढाए मैंले लजाउँदै लिएँ घरको नम्बर डायल गरें फोन पनि लाग्यो फोन आमाले उठाउनु भयो आराम-बिरामदेखि मौसमसम्मका कुरा हुँदै थिए मित्र वरैबाट चिच्याए अब नरेन्द्रजीको ब्या गरिदिनुपर् यो आमा ? को हो त्यसरी चिच्याउने ? आमा हाँस्नुभो साथी हो के हो, तँलाई ब्या गर्न मन लाछ कि के हो ? ट्वाल्ल परें के भनूँ ? केटी हेर् या छस् ? आमा हाँस्दै हुनुहन्थ्यो कोही छन भने भन् ? यिनको मति छैन ? मित्र फेरि चिच्याए तपाईले नै खोज्दिनु पर् यो ? तँलाई मन पर्ने केटी मैंले कहाँबाट ल्याइदिनु ? आमाको फाइनल कुरा तँ आफै खोज ? आफ खोज्न कता भौंतारिऊँ प्रभु ! तिर ठिक ठाउँमै लागेको रैछ यसपालि अनिल सरको घर जाँदा थाभो अनिल सरु अर्थात अनिल न्यौपाने जो मेरा गडफादर हुनुहन्छ भावनात्मक मात्रै होइन पारिवारीक सम्बन्ध पनि अंशियारको जस्तै उहाँको मेरो किर्तिपुर सरको घरमा चिट्चिट् पसिना निकाल्दै बोकेको ब्याग के बिसाएको थिएँ- सुत्ने सिरियल हेर्ने काम पाएर बेस्मारी मोटाएकी भाउजु फुलेका गाला माथि सार्दै हाँसिन्, बाबु विहे गर्नु हुन्छ हैन ? केटी पाए किन नगर्ने कोही ? मैंले हत्केलाका रुमालले पसिना पुछ्दै ठट्टा गरें भाउजुसँग अँ साँच्चै एउटी आज हेर्न जानुहुन्छ लाडेली मुन्द्रामा भनिन् भाउजुले कुन ठाउँमा नि ? चापागाउँ, ललितपुर छोटो उत्तर थियो भाउजुको ज्या, अचानक पैतलादेखि तालुसम्म आङ् सिरिङ्ग भो यस्तो उत्तरको आसै थिएन भाउजुले केटीको बखान सुरु गरिन् केटी राम्री नै एमए पढ्दैछे गाउँकी हो, दुख्ख बुझ्छे पैला तपाई केटी हेर्नुहोस् केटीले तपाईलाई पत्याई तपाईको चित्त बुझ्यो भने यहि माघमा ब्या गर्ने सल्लाह भाछ केटी जेठानले खोजेका रैछन् उनै जेठान भाउजुका सहोदर दाई हुन् जेठानलाई खबर गर्छु भाउजुले मलाई गहिरिएर हेरिन् आजै जानुस् हेर्न ? लौजा मेरो तल्लो पेट कटक्क दुख्यो हातगोडा फतक्क गले भननन्न रिंगटा चल्न थाल्यो साँच्चै विवाह हुने नै भो ? थाक्या छु छट्पटिएँ, नुहाएको छैन आज जान्नँ अनि कहिले जाने ? भोली जान्छु मेरो आवाज काँप्यो भाउजुले मेरो कुरा जेठान आमालाई फर्वार्डु गरिन् भने सुस्त कोठाभित्र छिरेर अबेरसम्म टोलाएँ एकछिन कता-कता लाज पनि लाग्यो कसरी जाउँला भोलि ? एक्कै छिनमा डर लाग्न थाल्यो केही गरी बिहे भइहाल्यो भने ……… छ्या, तल्लो पेट खल्लो भएर आयो भोलि बिहानै जानुपर्छ केटी हेर्न जेठानले साँझपख खबर पठाए यसो चिया खाने बहानामा कुरा झनै गम्भीर हुँदै गयो प्यारालाइसिस्को रोगी झै फतक्क गल्दै गएँ राति बेड्मा चिसो छल्न सिरक्ले शरिर ढाकें उत्तानो परेर बलिरहेको नाइट बल्प हेर्दै सोचिरहें, कस्ता होलान् विवाहपछिका दिनहरु ? एक्लै आएको थें दुई भएर जानु…… छ्या बिहानसम्म कतिखेर मन फुरुङ्ग हुन्थ्यो कतिखेर झस्याङ्ग छिः राम्रा लुगा छैनन् बिहान सवा आठ बजे भाउजु च्याँट्ठिइनँ सबै फुरुङ्ग उडेका छन् उहाँ गतिला लुगा लगाउनै जान्नुहुन्नँ अहिलेको फेसन कस्तो ? त्यो पनि थाहा पाउनुहुन्नँ निधार खुम्च्याउँदै बोलिन् भाउजु कित्रिक्क हाँसें, ओठ फिसल्लिए निलो अगाडिपट्टि रङ खुइलिएको पाईन्ट खरानी रङको सर्ट छालाका जुत्ता लगाएपछि मेरो तयारी पुरा भो धेरै पछि कपालमा तोरीको तेल लगाएँ यस्तै छु, किन बढी देखावटी बनुँ ? केटीले मन पराए पराओस् नपराए यत्रै सित्ती बिहानै देखि पेट खल्लो भईरहेको थियो मरिचवाला कालो चिया पिए पछि ठिक भो नौ बज्यो ढुकढुकी बढ्न थाल्यो साढे नौ बजे जेठान आइपुगे बाइक जेठानले चलाउने भए बाटो उनैले देखेका अल्लि बढी समाजसेवी छन् गाउँभरिको टन्टा लिएर हिड्नु हुन्छ उहाँ केटीका बाउलाई राजनीति मनपर्छ जेठान टाउको पछाडि बटार्दै हाँसे- सानातिना नेता हुन कुन पार्टीका ? एमाले नेतालाई पत्रिका चाहिन्छ, हाँसें पत्रकार भनेपछि छॊरी देलान् नि ? जेठान बोलेनन् अगाडि बाटोमा आइपुगेका बाख्रालाई बेस्मारी हर्न् बजाए बाइक गाउँभित्र छिर् यो हाम्रो अघिअघि हुइँकिएर गएको जिपले धुलो धुवाँ उडायो ला ! खत्तमै पार् यो कि के हो ? अत्तालिँदै मैंले बाइकको साइड सिसामा आफ्नो अनुहार कपाल हेरें धन्य धुलो जमेको रहेनछ आफुले हेर्न जाने केटी कस्ती होली ? केटीलाई थाहै नदिई उसलाई हेर्ने योजना यदि केटी घरमै भेटिई भने कसरी आँखा जुधाउँला आफ्नै मनको सुमेरुमा फन्का लगाउन थालें एकछिनमै झस्किएँ जेठानले केही भने जस्तो लाग्यो बाइकको चर्को घ्यार्र-घ्यार्र त्यसमा पनि हेल्मेटभित्र सुस्त बोलेको आवाज मैंले बुझ्नै सकिनँ अगाडि फिक्का रङको कुर्ता सुरवाल लगाएकी एउटी केटी बाटोको छेउछेउ हामीतिर आइरहेकी थिई उसकै अगाडि जेठानले घ्याच्च बाइक रोके केटीको कपाल पछिल्लतिर एकचुल्ठे परेको थियो अरु मैंले ध्यान दिइनँ कता जान लागेको नानी ? अल्लि पर लजाई बा घरमै हुनुहन्छ ? अँ केटी फेरि लजाउँदै अघि बढी जेठानले फेरि बाइक हुइँकाए फेरि मनको अन्तरयात्रामा पसें हिन्दी फिल्मका केटाले केटी हेर्न गएका कैयौं दृश्य आँखाभरि फनफनी नाच्न थाले पनि त्यस्तै फिल्मको हिरो हुँ कि के हो ? गजक्क परें एउटा घरको गेटअगाडि सुस्त गतिमा बाइक रोकियो गेट छेउछाउ बेसरमका झाडी थिए दुईतले घर पुरानो मोडेलको थियो तलमाथि अगाडि बरण्डा भाको झ्यालमा पार्टी इकाई समितिको बोर्ड टाँसिएको थियो जसमा लेखिएको थियो, नेपाल कम्युनिस्ट पार्टी एमाले इकाई समिति चापागाउँ ललितपुर घरको छेउछाउ अरु घर पनि थिए केही मानिस ओहोरदोहोर पनि गरिरहेका थिए बाइकको आवाज सुनेर एकजना अधबैंसें मानिस तल टावेल माथि सेतो हाफ बण्डीमा बाहिर निस्किए उनको मुखमा ब्रस ओठभरि फिँज थियो दाँत माझिरहेका रैछन् जेठान नमस्कारु गर्दै उनीछेउ पुगे खासखुस गर्न थाले ती मानिसले मतिर हेरे मैंले बाइकको ऐना खासखुस गर्दै जेठान ती मानिससँगै घरको पछिल्तिर गए केटीको घर यै रैछ क्यारे मैंले लजाउँदै वरिपरिका घरतिर हेरें सबै मानिस -आफ्नो काममा ब्यस्त थिए हाम्रो योजना सायद कसैलाई थाहा थिएन एकै छिनमा जेठान हतारिँदै आए ज्वाइँ साप ! उनले कानेखुसी गरे उहाँ नै हो केटीको बाउ नमस्कार गर्नू जेठानको पछिपछि लागें उनले घरपछाडि लगे तर घरको मूल ढोका पछाडि नै रैछ पछिल्लतिर टाढा-टाढासम्म फैलिएका फराकिला खेत थिए आँगनको छेउछाउमा केही फूल पनि केटीको बाले हाँस्दै स्वागत गरे उनी अहिले भने चट्ट आइरन गरेका लुगामा थिए मैंले हात जोडें ! यतै बसम्, उनले बरण्डामा ओछ्याएको गलैंचा देखाए बस्दै गर्दा छेउको झ्यालबाट मैंले खुसुक्क भित्र चियाएँ एउटी महिला नाङलोमा चामल हेर्दै थिइन् आँखा जुधे थचक्क बसें केटा उहाँ नै हो ? जेठानले भने निहुरिएँ के गर्नु हुन्छ ? प्रश्न सुनेर मैंले शिर उठाएँ उनले मलाई गढेर हेरिरहेका रैछन् पत्रिकामा काम गर्छु कति भो काम गर्न थालेको ? तीनचार वर्ष कुराकानीको सुरुवातदेखि बिटमार्दा सम्म मेरो पारिवारीक निजी जीवनका सबै कुरा सोधे उनले अदालतमा पेश गर्नु अघि कैदीलाई प्रहरीले सोधे जसरी सोझाकुरा तर सटिक् उत्तर निडरताका साथ दिएँ मैंले जेठान भने अपराधीले जस्तै गरी टाउको निहुराएर बसिरहे एकछिन मौनता छायो भित्रबाट नाङ्लोमा चामल उफारेकको आवज मज्दमन्द आइरहयो खै ! केही सोध्नै आएन ? उनी खिस्स हाँसे मेरो जीवनमा पहिलोपल्ट नै हो ? यसरी घरमा मान्छे छोरी माग्न आएको मेरो पनि पहिलोपल्ट नै हो ? केटी हेर्न आएको नबोलूँ भन्दै थें, फ्याट्ट मुखमा आईहाल्यो मेरो कुरा सुनेर जेठान हिः हिः हिः गर्दै हाँसे बाउको अनुहार भने रातो भयो अब अहिलेको जमानामा के भर छोरीको कतै लभ-सब पो पर् या कि ? बाउको मुहारको रङ परिवर्तन भयो ब्या भन्ने कुरा भावीले लेख्या हुन्छ छोरीलाई सोध्छु अनि खबर गरौंला अब हामीले भनेको कुरा छोरीले मान्छे कि मान्दिनँ अझै पढ्छु भनी भने मेरो के लाग्छ ! यदि केटीको अन्तै लभ-सब भने मलाई नदिने रे ! आफुलाई फिल्मको साइड हिरो जस्तो अनुभव गर्न निरास हुन थालें हेर्नुस्, ब्या भन्ने कुरा लेखेर आएको हुन्छ बाउले मेरो निरास अनुहार देखे सम्झाए छोरीले मानी भने मेरो भन्नु केही छैन त्यसपछि लामो सन्नाटा छायो लौ छोरीलाई नसोधी अरु कुरा कसरी अगाडी बढाउनू, बाउ तिघ्रामा हातले टेक्दै उठे फेरि यो वर्ष हाम्लाई जुठो पनि लाछ उठ्दै गर्दा मैंले फेरि झ्यालतिर चिहाएँ कसैले खुसुक्क हेरे जस्तो पनि लाग्यो केटी नै थिइ कि ? कस्ता झुर बाउ, यसो भेट गराउनुपर्छ अब भेट भईहाल्यो, कुरा चलिरहन्छ केटीलाई पछि भेटौंला- सोच्दै हामी फर्कियौं अनि ज्वाइँ साप ! बाइकले रफ्तार लिएपछि जेठानले ठुलो स्वरमा सोधे, केटी कस्ती लागिन् ? देखे पो भन्नु सारा गाउँ थर्किने गरी कराएँ लौ अघि बाटामा कुरा गरेकी केटी पो हुन् अनि भन्नु पर्दैन ? भनेकै हो ? जेठानले हेल्मेट पछाडि बटारे …… सुन्नु भएनछ हत्तेरिका ! त्यसरात पनि अबेरसम्म निन्द्रा लागेन पूर्ण हुँदै गएको चन्द्रमा हेर्दै टोलाईरहें साँझपख आमाले फोन गरेर हार्दिक बधाई टाइपको कुरा पनि गर्नुभएको थियो भाउजु पनि मख्ख थिइन् भने एउटा गहिरो उकुसमुकुस छट्पटीमा थिएँ राति अबेर सुतें बिहान भने चाँडै नै उठे जेठानले खबर पठाएछन्, केटीका बाउले फेरि भेट्ने रे ! मेरो कन्सिरी तातेर आयो ब्या के बाउसित गर्ने हो ? छोरीसित भेट गराउनु छैन मैंले लिडी ढिपी लिएँ यदि भेट्नु भने केटीसित भेट्छु बाउलाई भेट्दिनँ त्यसैले भन्दा रहेछन् मान्छेहरुले एमालेका नेताहरु तेस्रो लिङ्गि हुन निर्णय गर्न सक्ने क्षमता हुँदैन उनीहरुसँग मैंले सोचेको थिएँ भन्नेहरुले केन्द्रलाई नै होला साँच्चै यो रोग स्थानिय तहसम्म पनि रहेछ सोध्दा एउटा कुरा छुटेको रे ? तीन दिनपछि फेरि जेठानले फोन गरे के रैछ ? केटोको पार्टी चैं कुन हो भनेर सोधेका छन् मैंले पनि पत्रकारको जात धर्म पार्टी हुँदैन भनेर भन्दिनुस् भन्दिएँ उताबाट फेरि कुनै प्रश्न आएन उत्तर काठमाण्डौं फर्केको एक हप्तापछि जेठानले फोनमा सुनाए लौ ज्वाइँ साप बधाई केटीले बिहे गर्न माने जस्तो हत्तेरी ! मलाई झोक चल्यो मैंले पनि मन पराउनु पर् यो नि भेट गराउँला नि केटीसित भेटेर तपाई नै कुरा गर्नुस् ठिक फेरि समय मौन भएर बितिरहयो कुनै खबर आएन बरु जेठान नै काठमाण्डौं आए कफि-गफमा जेठानले अबेरपछि सुनाए आउँदा केटीका बाउसित कुरा भएको थियो अनि ? एमाले नभई छोरी दिन्न भन्छन् ? जेठान हाँसे नत्र उनको छवि बिगि्रन्छ रे ! हे भगवान् ! लौ जेठान यस्तो कुरापनि हुन्छ ? पनि जँगिएँ ब्या गर्नलाई यत्रै एमाले भइँदैंन

समाप्त !!