Sunday, August 8, 2010

म एउटा यात्री जिन्दगीको


म एउटा यात्री जिन्दगीको,
हिड्दैछु अझै पनि समायन्तर सँगै निरन्तर-निरन्तर
कुनै दिन त्यो पर क्षितिजमा पर्खिरहेको
उदेश्यको देउरालीमा बिसाउने आशाहरुमा
हो, सुरुवात त निकै अगाडि भइसकेको थियो
तर बिडम्बना !

कतै आँफै होस् गुमाउन पुगेछु

पाइलाहरु त रोकिएको थिएन
केबल मडाँरिदै थिएँ समयको आबेगमा
गन्तब्य नभएको पनि होइन
तर लाग्छ दासी हुन पुगेछु ती असाहाय हालतहरुमा
म आँफैमा कम्जोरी पनि त कहाँ थियो र
समर्पण गरेछु आँफैलाई त्यो विवशताको हुरीमा
अझै हिड्दै थिए बेहोशी झैं
तर बलबान समयले ल्याइपुरायो जिन्दगीको अर्कै मोड्मा
अनि बिउँझाइदियो र छोडिदियो उही सपनाको संसारमा
उस्तै सपनाहरु छचल्किएकै छन आज पनि मेरो मानसपटलमा
सपना देख्नु  गल्ति होइन, न त अधर्म नै
फेरि आज एउटा पाइला अघि सारे जिबनको गोरेटोमा
जति हावा हुरी आए पनि, जे-जस्तोले तगारो हालेपनि
अब हल्लाउन अनि दबाउन सक्दैन
मेरो अटुट विश्वाश अनि अपूर्ण सपनाहरुमा
म हिँद्छु र हिँडिरहनेछु त्यो मेरो सपनाको चौतारी नभेटेसम्म
मेरो आत्माले तब सम्म शान्ति पाउँदैन जब सम्म मेरा यी पाइलाहरुले
अनि सपनाहरुले गन्तब्यको छात्तीमा सास नफेरेसम्म.................

Tuesday, July 27, 2010

कसलाई रोजौं ?

मुसुक्क मुस्कुराउँछे मलाई हेर्दै गीता पनि 
नजिकै आउँछे सधैं त्यो मोरी रीता पनि
बाल्यकाल गुजार्दै चढेछ कि बैंस कतै
माया-प्रेम गासौं भन्छे हिस्सी परेकी सीता पनि
नराम्री त होइन मोरी,  उत्ताउली पो हो कि
अँगालोमा बाँध भन्छे लाजै पचाई नीता पनि  
कसलाई रोजौं यी मध्य देख्दा सबै उस्तै
झिमझिम पार्छे आँखा मलाई हेर्दै अस्मिता पनि
माया-प्रेम दुःख मात्रै बरु झ्याप्पै आँटम
भन्छे डोली ल्याऊ राजा काली अंकिता पनि ।

कहिले होला ?

तिम्रो खाली सिउँदोमा सिन्दुर घस्ने कहिले होला ? 
अब हामी दुईको घरबार बस्ने कहिले होला  ?  
तिमीलाई देखेदेखि अन्त मन डुल्या छैन  
दुईटै मनलाई गाँठो पारी माया कस्ने कहिले होला  ?
जति हेर्छु तिम्रो मुहार अघाउन्न कसैगरी     
सधैं मुहार देखाउन घरमा पस्ने कहिले होला  ?  
कुरा गरी प्रणयका बस्न पाए दुवैजना    
मीठामीठा कुरा गरी प्रेममा खस्ने कहिले होला ?
रातभरि सपना पनि तिमी सामु भा'को देख्छु    
त्यै सपनाको संसार जस्तै सँगै बस्ने कहिले होला  ?

Tuesday, July 20, 2010

ईनक्लव - जिन्दावाद !


कि जोत हलो, कि छोड थलो ।
होईन भने छैन भलो ।।

यो नारा लगाएर सामन्तहरुको जमिन खोसेर जनतालाई बाँड्ने किसानहरुका महान् नेता भीमदत्त पन्त को शालिक हो यो । उनले नेपालमा पहिलो पटक किसान आन्दोलन गरेका हुन् । उनको यो शालिक डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढी नगरपालिमा रहेको छ । यो शालिकको उदघाटन एकीकृत ने. क. पा. (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (क. प्रचण्ड) ले गरेकाहुन् ।

Saturday, July 17, 2010

कानुन

खराब कानुन अत्याचारको स्रोत हो ।
-एडमण्ड वर्क  

मलाई अहिले पनि कस्तो लाग्छ भने कानुन तोड्ने अधिकार जनतालाई छ ।
-वी.पी. कोइराला
कानुनले निर्धनहरुमाथि शासन गर्दछ र धनीहरु कानुनमाथि शासन गर्दछन् ।
-ओलिभर गोल्डस्मिथ  

कानुन त माकुरोको जालो जस्तै हो, जसरी साना-साना जीवहरु त्यसमा फसेर प्राण गुमाउँछन् तर ठुला जीवहरुले त त्यसलाई च्यातेर फ्याकिदिन्छन् ।
-लोकोक्ति   

कहिल्यै आफुले आफैलाई धेरैमाथिको नसम्झ, कानुन तिमीभन्दा धेरै माथि छ ।
-थोमस फुलर   

अधिकारहरु एंव कर्तव्यहरुको त्यो पद्धति नै कानुन हो, जसलाई सरकारद्वारा लागु गरिन्छ ।
-डी.एच. ग्रिन

शासकहरुले आफ्नो हित तथा स्वार्थलाई दृष्टिगत गरेर नागरिकहरुको लागि कानुन बनाउछन् नागरिकहरुले ती कानुनहरुको पालना गर्नुपर्छ जो जुन नागरिकले ती कानुनहरुको उल्लंघन गर्छ त्यसले सजायको भागी हुनुपर्छ ।
-थ्रेसीमेकस  

जहाँ कानुनको अन्त्य हुन्छ, त्यहाँ कुशासनको प्रारम्भ हुन्छ ।
-विलियम पिटर   


कवि

कवि हुनु भनेको बन्दुकधारी, अत्याचारी, आक्रमणकारीहरुलाई पुस्तकले छेक्नु र कलमले रोक्नु हो ।
-भूपि शेरचन

कवि हुनु, आफ्नो रगतले जगतभरिको मानिसहरुको आँसुको दाग धुनु हो ।
-भूपि शेरचन
 
प्रणयको समयमा प्रत्येक मानिस कवि बन्न जान्छन् ।
-प्लेटो

हृदयबाट सबै व्यक्ति कवि हुन्छ ।
-इमर्सन

यस्तो कुनै व्यक्ति आजसम्म महान् कवि भएको छैन जो कवि हुनाको साथसाथै प्रकाण्ड दार्शनिक नभएको होस् ।
-कलरिज
















कलम

संसारमा केवल दुई शक्ति छन्, तरवार र कलम, अन्तमा सधैं तरवारको हार भई कलमको विजय हुन्छ । 
-नेपोलियन वोनापार्ट

जस्तो तरवारको सञ्चालनमा द्रुतगति र स्फूर्तिको आवश्यकता पर्दछ त्यस्तै कलम चलाईमा विचारको ।
-जुलिया वार्ड
 
अहा, प्रकृतिको सबभन्दा उत्तम उपहार, मेरो कैलों रजहाँस-प्वाखको कलम ।
-वायरन्

तरवारलाई हटाऊ, यो बिना पनि देशको रक्षा गर्न सकिन्छ, कलम यता देऊ । 
-थोमस फूलर

विद्वानहरु शान्तिका पुजारी हुन्छन्, तिनीहरुका साथमा हात-हतियार हुदैनन्, तर तिनीहरुका जिब्रा तरवार भन्दा धारिला हुन्छन्, तिनीहरुका कलमको गर्जना मेघको गर्जनाभन्दा भयानक हुन्छ त्यसैले म डै्रगन देखि डराउन्न् तर निर्दयी कलमसित डराउँछु ।
-सर थोमस ब्राउन