मितिः २०६७ बैशाख २७ गते
Date: 2010 March 10
मेरी पि्रय सानु
मेरी एक मात्र मायालु
अल्पकालिन जिन्दगीको दिर्घकालिन सम्झना !
स्विटहर्ट (Sweetheart) तिमी लामो समयसम्म मसित रिसाएर बस्न सक्दैनौ । मेरो बारेमा नराम्रो मानेर बस्न सक्दैनौ । हो, पछिल्लो समय फोन गर्दा म चिन्तित थिएँ । वास्तवमा त्यस्तो परिस्थितिमा सबै कुरा वास्तविकता भन्दा धेरै अँध्यारा र भयानक देखिँदारहेछन् । कृपया, मलाई माफ गर । तिमीले मेरो माया र विश्वासप्रति शंका गरेकोमा म विक्षिप्त बन्न पुगें । मलाई भन सानु, तिमीले ममाथि कसरी शंका गर्न सक्यौ ? छुद्र भएर मलाई पत्र लेख्न सक्थ्यौ ? के म लामो समयसम्म नबोलीकन बसेकोले तिमीलाई शंका गर्ने आधार मिलेको हो ? म दुःखी थिएँ, त्यसैले चुपचाप बसेको हुँ । तर, फोनमा तिम्रो कुरा सुनेपछि म झनै दुःखी भएँ । के तिमीसँग मैंले फोनमा गर्न खोजेको रमाइलो कुरालाई जोडेर ममाथि शंका गर्न मिल्छ ? हो सानु, मलाई थाह छ । माघ २४ गतेको कुरा हो । जुन दिन मैंले तिमीसँग फोनमा रमाइलो ठट्टा गर्न खोजेको थिएँ । फोनमा तिम्रो कुरा सुनेपछि मेरो मुड खराब भयो ? र मैंले बोल्न आवश्यक ठानिनँ । निःसन्देह म तिमी र परिवारप्रति ऋणी छु, आभारी छु र क्षमा चाहन्छु । मलाई माफ गर !
ओहो ! सानु, तिमीले कसरी मेरो बारेमा कम बुझ्यौ ? बढ्दै गएको मेरो दुःख र मुटुको ढुकढुकी किन तिमीलाई महसुस भएन ? एउटा पुरुषले गर्ने माया महिलाको भन्दा सर्वथा भिन्न हुन्छ । किन भिन्न हुन्छ भन्न गाह्रो छ, तर भिन्न हुन्छ । एउटा पुरुषले महिलालाई अरुकेही दिन नसके पनि माया भने अवश्य दिन सक्छ । आफ्नी मायालुमा ऊ आफैं समर्पित भइदिन्छ । उसको माया कहिल्यै विभाजित हुँदैन । माया बसेपछि सधैंका लागि ऊ मायालु भइदिन्छ । मायामा सन्तुष्टि खोज्छ । र माया बाहेक अरु सबै करा भुलिदिन्छ । तर सानु, तिमीले मेरो अवस्थाबारे विचार गर । तिमीले मेरो श्रद्धा गरेनौ । तिमीले मलाई विश्वास गरेनौ । म माया-प्रीतिको मामिलामा सुरदेखि नै अलि ठण्डा थिएँ । हो ! सानु, अरु केटाले जस्तो मैंले मायामा उड्न जानेको छैन । यद्यपि, स्पर्श, वासनामय माया, अवर्णनीय विचार र कल्पनामार्फत तिमीले मलाई नुहाईदिने गरेकी थियौ । वास्तवमा यी सबै करणले म झन् बढी चिन्तित हुने गर्थें । मैंले धेरैपटक खुःसी भएर आफुलाई समर्पित नगरेको पनि होइन तिम्रो मायामा आफ्नो भाग्य नखोजेको पनि होइन । तर, त्यसबेला फेरि तिमी ठण्डा हुन्थ्यौ । फुलस्वरुप मायालाई निरन्तरता हुँदैन्थ्यो ।
सानु, तिमीले सम्पुर्ण आनन्द मलाई दिएकै हो । बरु मैंले चाहीँ तिम्रो मायामा रम्न जानिनँ । किनभने म ढुक्क थिइनँ । साना-ठुला खतरा आउँछन् कि भन्ने डर मलाई भइरहयो । वास्तवमा तिमीले मलाई असाध्यै माया गरेकी थियौं । तर, म भने अन्य विषयतिर मोडिन खोज्थें । मेरो जीवन र यसको वास्तविकता सम्झाइराख्थें । वास्तवमा मैंले तिम्रो मायामार्फत तिमीसित आत्मिक एकताको महसुस गर्नुपर्थ्यो, सम्पूर्ण कुरालाई बिस्रेर सुःख महसुस गर्नुपर्थ्यो । ओहो ! सानु, यदि मैंले तिम्रो मायामा आफुलाई सुरक्षित ठानेर आराम गर्न पाएको भए आज टाउको दुखाएर बसिरहनु पर्दैनथ्यो होला । मेरो मुटु दुख्दैनथ्यो होला । साँच्चै तिम्रो मायामा चैनको सास फेर्न सकेको भए मैंले मन चिसो पारेर बस्नु पर्दैनथ्यो होला । तैपनि मेरी स्वप्निल दूत सानु, तिमीले मलाई श्रद्धा गरेनौ, मप्रति अविश्वास गर् यौ, जब कि म तिम्रो मायामा जस्तो सुकै त्याग गर्न पनि तयार थिएँ ।
मेरी पि्रय सानु ! एकछिन आफूलाई पुरुष भएर सोच त, तब तिमीले महसुस गर्नेछौं मेरो मनोदशा । यसकारण स्विटहर्ट (Sweetheart) तिम्रो त्यो दिनको फोन सुनेपछि मैंले यातना महसुस गर्न पुगें । तिम्रो र मेरोबीच अब झगडा चर्कने त होइन ? भन्ने डरले काम्न थालें । रातदिन मैंले तिमी घाइते भइरहेकी विरामी भएकी महसुस गरें । सानु ! कृपया सत्य कुरा मलाई भन । तिमीले भनेको सत्यतामा म दुःखी हुन्न । हामीबीचको वैमनश्यताबाट तिमीले आफ्नो दायाँ हात गुमाउन पुगेकी छौ । म तिम्रो कुरा चुपचाप सुन्छु । प्लिज, तिमी सधैं मसित रहनू, मलाई उस्तै माया गरिरहनू । म तिम्रो मायालु शब्दले भरिएको कुरा सुन्न आतुर छु । पहिला-पहिला पनि म तिम्रो मायाले भरिएको कुराबाट 'सरोवर' हुने गर्थें, अब पनि हुन चाहन्छु । म तिमीसित बस्न चाहन्छु । मैंले यसैमा आफ्नो सुःख देखेको छु । म तिम्रो हुँ, सधैं तिम्रै बन्न चाहन्छु । मेरी पि्रय सानु, मलाई तुरुन्त पत्र लेख्नू । तिमीलाई सन्चो छ कि छैन लेख्न नछुटाउनू । यदि समयले साथ दिन्छ भने भेट्न नै आउनू । तर, यसको बाबजुत म फेरि पनि तिमीबाट सुन्न चाहन्छु, तिमीले कसरी मप्रति शंका गर्न सकेको ? सायद तिमीलाई कसैले ग्रहण लगाइदिएको होला । बरु त्यो व्यक्तिलाई खोज र चिन्ने प्रयास गर । म तिमीलाई यतिविघ्न माया गर्छु कि बयानै गर्न सक्दिनँ । हो, म समाजमा हाँसेर बस्छु । गफ गर्छु, कसैलाई जिस्क्याउँछु पनि । तर माया ! म तिमीबाहेक अरुसित गर्नै सक्दिनँ । तिमीलाई थाहा छ ? तिमीले जब मलाई चुम्बन गर्छौ नि ! म तिम्रो शरीरमा अनायासै टाँसिन पुग्छु । मेरो श्वासप्रश्वास बढ्छ । शरीरमा कम्पन पैदा हुन्छ । ओठ मुख सुक्न थाल्छन् । गला अवरुद्ध हुन्छ । त्यसबेला मैंले बेग्लै महसुस गर्छु, जसलाई म यहाँ शब्दमा बयान गर्न असमर्थ छु । कृपया मप्रति अविश्वास नगर । म तिम्रो हुँ सधैं तिम्रै हुनेछु………… ।
उही तिमीलाई हरपल माया गर्ने "अछामको छोरो"
No comments:
Post a Comment