Thursday, May 19, 2011

आजकाल कस्तो हुनु भयो

धेरै भयो नभेटेको आजकाल कस्तो हुनु भयो ।२
यो बीचमा मलाई सम्झी भन्नुहोस् कति रुनु भयो ।

स्पर्शमा आउँछु तिमी धेरै पटक भन्नु हुन्थ्यो ।२
विताएका समृतिलाई कति पटक छुनु भयो ।

धरै भयो नभेटेको आजकाल कस्तो हुनु भयो ।

आँखाहरु बोल्ने गर्थे छुट्ने बेला आउँछु छिट्टै ।२
भन्नुहोस् मनले मेरो यादमा पागल कति हुनु भयो ।
धरै भयो नभेटेको आजकाल कस्तो हुनु भयो ।

तिमी जस्तै सम्झनामा रुन्छु भनि भन्ने मान्छे । २
स्मृतिको कुसुमे रुमाल कति पटक धुनु भयो ।


मेरा लागि तिम्रो आवाज संगित सरगम् भन्नु हुन्थ्यो ।२
यति धेरै प्रश्न गरें के हजुरले सुन्नु भयो ।
धेरै भयो नभेटेको आजकाल कस्तो हुनु भयो ।
यो बीचमा मलाई सम्झी भन्नुहोस् कति रुनु भयो ।



No comments:

Post a Comment