बैवाहिक जीवनलाई सुखी र दिगो बनाउन कठिन छ । सानोभन्दा सानो घटनाले सम्बन्धमा कटुता उच्पन्न गराउन सक्छ । अमेरिकी साइकोथेरापिष्ट डा. वार्टन गोल्डस्मिथले बैवाहिक सम्बन्धलाई दिगो र सुखमय बनाउने केही उपाय सुझाएका छन् । उनका सम्बन्धसम्बन्धी १० टिप्स :
(१) पैसाको मामिलामा भ्रष्ट नहुनुस्
जीवन भलाउन पैसा चाहिन्छ । तर, पैसा धेरै समस्याको जड पनि हो । पैसाको सम्बन्धमा भ्रष्ट मानिसप्रति एकपटक मोहभंग भइसकेपछि पत्नी या प्रेमिकालाई उसँग राम्रो सम्बन्ध कायम राख्न गाह्रो हुन्छ । पैसा कमाउने नाममा जुन सुकै बाटो समात्नु भयो भने यसले दाम्पत्य जीवनलाई जोखिमपूर्ण बनाउन सक्छ ।
(२) यौनमा प्रतिबद्ध र इमान्दार हुनुस्
यौनविनाको बैवाहिक सम्बन्धको कल्पनासम्म पनि गर्न सकिँदैन । तर, यौनको मामिलामा इमान्दार हुन सक्नुपर्छ । यसो भएन भने दाम्पत्य जीवन धरासायी हुन बेर लाग्दैन ।
(३) एकअर्कालाई सम्मान गर्नुस्
आफ्नो अपमान गर्नेसँग दिगो सम्बन्ध कायम हुन सक्दैन । तसर्थ, आफ्नो साथीलाई पर्याप्त आदरभाव देखाउनुस् ।
(४) बच्चाप्रतिको प्रेमलाई सन्तुलनमा राख्नुस्
बच्चालाई लिएर श्रीमान श्रीमतीबीच समस्या उत्पन्न हुने गर्दछ । बच्चाको बढी हेरचाह गर्ने धुनमा जीवन साथीलाई बेवास्ता गरिएको त छैन भन्नेमा होसियार हुनुपर्छ । बच्चा जन्मेपछि पति-पत्नीको यौन जीवनमा केही खलल पनि पुग्ने देखिएको छ । यौन असन्तुष्टिले दाम्पत्य जीवन भताभुंग हुन सक्छ ।
(५) विपरित िलंगीका साथीसँग कम हिमचिम गर्नुस्
श्रीमतीको पुरुष साथी र श्रीमानको महिला साथीलाई लिएर दुबैजना सशंकित हुने गर्छन् । श्रीमानले पुरुष साथीसँग श्रीमतीको कम हिमचिमहोस् भन्ने चाहान्छ भने उसले पनि आफ्ना महिला साथीसँगको हिमचिम कम गर्नुपर्छ ।
(६) समस्या खुलस्त राख्नुस्
आफ्ना पीडा, दुःख र रिसलाई दबाएर राख्नु हुँदैन । कुनै समस्या छ भने जीवनसाथीसँग यसबारे खुलस्त छलफल गर्नुस् । यसले संवाद बढाउँछ र सम्बन्धलाई आत्मीय बनाउँछ ।
(७) झुठ नबोल्नुस्
जीवनसाथीसँग सकेसम्म झुठ नबोल्नुस् । उसँग सत्य बोल्नुहोस् । सकेसम्म आफ्नो बचन राख्नुस् । विगतमा केही गल्ती गरिएको छ भने यसबारे समेत उसँग कुरा गर्नुस् । यसले विश्वासको वातावरण निर्माण गर्छ ।
(८) सम्बन्ध सुधार्न अल्छी नगर्नुहोस्
दाम्पत्य जीवनलाई सुखमय र दिगो बनाउनु सजिलो छैन । यसका लागि संवाद गर्ने, एकअर्कालाई समय दिने गर्नुपर्छ । यसो गर्न अल्छी नगर्नुस् । पछि पछुताउनु भन्दा समय छँदै सम्बन्ध दिगो बनाउने दिशामा झन्झट मान्नु हुँदैन ।
(९) सानो चित्त नगर्नुस्
जीवनसाथीसँग तपाईको झगडा परेको छ र बोलचाल छैन भने उदार भएर उसँग कुरा गर्नुस् । यस्तो अवस्थामा घमण्डी र छुद्र बन्नु हुँदैन । नत्र, जीवनभर पछुताउनु पर्ने हुन सक्छ ।
(१०) भौतिक सुविधाको ख्याल राख्नुहोस्
भौतिक सुविधाले दाम्पत्य जीवनमा ठुलो अर्थ राख्ने भएकाले यसमा ध्यान दिनुपर्छ । दुर्घटना अथवा विरामीबाट बच्न सकिने स्थानमा घर बनाउँदा राम्रो हुन्छ । घर पुननिर्माण अथवा मर्मत गर्दै हुनुहन्छ भन दुबैजनाको सुविधालाई ध्यान दिनुहोला ।