Saturday, August 14, 2010

सुन नखोज

जन्में धर्तिमा तिमी आकाशको जुन नखोज  ।
यो पित्तलको भाँडोमा लास्साको सुन नखोज ।
जन्में धर्तिमा तिमी आकाशको जुन नखोज । 

कति टुट्टायौ तिमीले सबै मेरा ताराहरु । २
सारङ्गी रुवाउन फेरि मिठो धुन नखोज ।
यो पित्तलको भाँडोमा लास्साको सुन नखोज ।

 
थाहै थियो म अलिनोमा बाँचेको छु भनेर । २
स्वामी गंगा जलमा तिमी नुहाउन नखोज ।
यो पित्तलको भाँडोमा लास्साको सुन नखोज ।

जानाजानी अन्जान भन्दै समाई हात मेरो । २
अँधेरोमा ठेस लागि लडिदा रुन नखोज ।
यो पित्तलको भाँडोमा लास्साको सुन नखोज ।

मान्छे हुँ म मान्छेको नै सेवा गर्न तयार छु । २
बलिमा चढाउने ममा सस्तो खुन नखोज ।
यो पित्तलको भाँडोमा लास्साको सुन नखोज ।

जन्में धर्तिमा तिमी आकाशको जुन नखोज
यो पित्तलको भाँडोमा लास्साको सुन नखोज ।

Sunday, August 8, 2010

म एउटा यात्री जिन्दगीको


म एउटा यात्री जिन्दगीको,
हिड्दैछु अझै पनि समायन्तर सँगै निरन्तर-निरन्तर
कुनै दिन त्यो पर क्षितिजमा पर्खिरहेको
उदेश्यको देउरालीमा बिसाउने आशाहरुमा
हो, सुरुवात त निकै अगाडि भइसकेको थियो
तर बिडम्बना !

कतै आँफै होस् गुमाउन पुगेछु

पाइलाहरु त रोकिएको थिएन
केबल मडाँरिदै थिएँ समयको आबेगमा
गन्तब्य नभएको पनि होइन
तर लाग्छ दासी हुन पुगेछु ती असाहाय हालतहरुमा
म आँफैमा कम्जोरी पनि त कहाँ थियो र
समर्पण गरेछु आँफैलाई त्यो विवशताको हुरीमा
अझै हिड्दै थिए बेहोशी झैं
तर बलबान समयले ल्याइपुरायो जिन्दगीको अर्कै मोड्मा
अनि बिउँझाइदियो र छोडिदियो उही सपनाको संसारमा
उस्तै सपनाहरु छचल्किएकै छन आज पनि मेरो मानसपटलमा
सपना देख्नु  गल्ति होइन, न त अधर्म नै
फेरि आज एउटा पाइला अघि सारे जिबनको गोरेटोमा
जति हावा हुरी आए पनि, जे-जस्तोले तगारो हालेपनि
अब हल्लाउन अनि दबाउन सक्दैन
मेरो अटुट विश्वाश अनि अपूर्ण सपनाहरुमा
म हिँद्छु र हिँडिरहनेछु त्यो मेरो सपनाको चौतारी नभेटेसम्म
मेरो आत्माले तब सम्म शान्ति पाउँदैन जब सम्म मेरा यी पाइलाहरुले
अनि सपनाहरुले गन्तब्यको छात्तीमा सास नफेरेसम्म.................