हुन त वेश्याको पछि लागेर उभोगति भएका मनुवा कतैपनि भेट्टिदैँनन् । बरु उधोगति भएका नै भेट्टिन्छिन् । उभोगति त वेश्याको नै हुन्छ, जसले लाजपचाउँदै आफ्नो नैतिकता बेचेर कमाउँछन् । हाम्रो भाषामा वेश्या (रण्डी) आइमाईलाई भनिन्छ, जो आइमाई आफ्नो ओछ्यान छोडेर अरुको अर्थात परपुरुषको ओछ्यानमा सजिलै सुत्छे र सहवासमा लिप्त हुन्छे । अनि तिनीहरुसँग संगत गर्नेको उन्नती कसरी होओस् त ? पछिल्लो समयमा राजनीतिको वेश्या नेकपा (एमाले) भएको छ । जसको इतिहास २०४६ सालको परिवर्तन पछि देश र जनता भन्दा पनि पद, पैसा र सत्ता भएको छ । जसले वेश्याको भन्दा पनि कम नैतिकता बेचेको छैन । ०५१ साल मंसिर १४ गते मनमोहन अधिकारीको नेतृत्वमा नेकपा (एमाले) ले अल्पमतको एकमना सरकार निर्माण गर् यो । महेन्द्रनगर जाँदा हेलिकप्टर दुर्घटना भएर टिचिङ्ग हस्पिटलको थाङ्गनामा सुतिरहेका मनमोहन अधिकारीलाई काँग्रेसले अविस्वासको प्रस्ताव ल्याएर फेरि सिंहदरवार छिर्न दिएन । त्यसपछि ०५२ भदौ २७ गते काँग्रेसले नै शेरबहादुर देउवाको नेतृत्वमा सरकार निमार्ण गर् यो, एमाले प्रमुख प्रतिपक्ष भयो । जनताले सोचे, साँच्चै एमाले नैतिकवान रहेछ । तर देउवा सरकारको खम्बा पनि १८ महिनामै भाँचियो । त्यसपछि ०५३ फागुन २९ गते लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा मन्त्रीमण्डलको ओछ्यान लाग्यो र नेकपा एमाले त्यही ओछ्यानमा सुत्न गयो । एक वर्ष नपुग्दै चन्दको ओछ्यान धुजाधुजा भएर फाट्यो, त्यही ओछ्यानबाट नेकपा (एमाले) पनि ७ महिना सुतेर बाहिरियो । पछि ०५४ असोज २१ गते सुर्यबहादुर थापाको नेतृत्वमा असक्त मन्त्रीपरिषद् गठन भयो । त्यो मन्त्रीपरिषदमा नेकपा (एमाले) हातखुट्टा मोल्न गयो । यो सरकारका हातखुट्टा पनि नेकपा (एमाले) ले ७ महिना मोल्यो । त्यसपछि ०५५ बैशाख २ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा लङ्गडो सरकार बन्यो । नेकपा (एमाले) त्यसमा बैशाखी बनेर काँध हाल्न गयो । त्यो भन्दा पछिपनि नेपालमा मन्त्रीपरिषद्का डसना १२ पटक ओछ्याइए । तिँ मध्य नेकपा (एमाले) ९ ओटा डसनामा सुतिसकेको छ । ०५६ जेठ १७ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वमा ओछ्याइएको डसनामा सुतेन । तर ०५६ चैत्र ८ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ओछ्याइएको डसनामा मस्त निन्द्रामा निर्वस्त्र सुत्यो । त्यसपछि ०५८ साउन ११ गते शेरबहादुर देउवाको अँगालोमा पनि टाँसियो । तर ज्ञानेन्द्रको ७ दिने ओछ्यानमा भरी सुतेन । आखिर नानी देखिको बानी नेकपा (एमाले)को छुटेन । ०५९ असोज २५ फेरि लोकेन्द्र बहादुर चन्दकोमा, ०६० जेठ २१ सुर्यबहादुर थापाकोमा र ०६१ जेठ २० फेरि शेरबहादुर देउवाको ओछ्यानमा धोतीले नाक छोपेर सुत्यो । ०६१ माघ १९ गते किन हो कुन्नी ? ज्ञानेन्द्रको ओछ्यानमा सुत्न लाज मान्यो र गएन । हुन त ०६० जेठमा सुर्यबहादुर थापाको ओछ्यान लाग्नु भन्दा पहिले ज्ञानेन्द्रलाई नै बिन्तीपत्र चढाएका थिए, वर्तमान नेपालका प्रधानमन्त्री माधव कुमार नेपालले । त्यसपछि ०६३ बैशाख १२ र ०६३ चैत्र १८ दुईपटक गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सौता बन्यो र ०६५ साउन ३१ पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा झन् धर्मपत्नी भएर सुत्यो । ०६६ जेठ १० गते नेकपा (एमाले) आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा काँग्रेसलाई श्रीमान र अन्य २५ भाई देवर बनाई आफै ओछ्यान लगाएर सुतिरहेको छ । सिरक आफ्नै डसना आफ्नै भएपछि नेकपा (एमाले) लाई के को टन्टाभयो र ? नकसैको कोठा खोज्नु, नकसैको ओछ्यान खोज्नु ।
'कुशल शासकलाई भविष्यको चिन्ता हुन्छ तर राजनीतिज्ञलाई आगामी चुनावको मात्र चिन्ताहुन्छ' - अब्राहम लिङ्कनको माथिको उल्लेखित भनाई नेपाली समाजमा सतप्रतिशत साँचो सावित भएको छ । अस्थिर राजनीति त्यसैमाथि भइरहने फोहोरी खेलबाट आमनागरिकहरु आजित भइसकेका छन् । चुनावका बेला मात्रै उपयोग गरे पर्याप्त हुने, अरु बेला कुनै वास्ता गर्नु नपर्ने, रकम जम्मा गरेर चाहिएको बेलामा निकाल्ने सञ्चित भोट बैंक हुन् जनता भन्ने लाग्दो हो हाम्रा राजनीतिज्ञहरुलाई । आफ्नो औकातले थेग्नै नसक्ने गरी आश्वासनका पोका बाँड्दै भोट मागेको बिर्सने नेताहरु सत्ताको कुर्सी पाएपछि आफ्नै कार्यकर्ता रोजीरोटीको लागि आत्मदाह गर्दासम्म रमिते बनेर आनन्द लिन्छन् । यो भन्दा लाजमर्दो कुरा अरु के होला ? माननीय मन्त्री, सांसद् या नेताज्यूलाई एकदुईजना कार्यकर्ता मर्दैमा केही फरक पर्ने छैन होला तर उक्त व्यक्तिबाट आश्रित परिवारको विचल्लीतर्फ नेताज्यूको ध्यान गएको पाइँदैन । एकजना कार्यकर्ताले आफ्नो लागि पार्टीले केही नगरेपछि आत्महत्या गर्छ भने यो भन्दा ठुला सफलता अरु के हुन सक्ला त ? नेताहरुको मानसपटलमा घुस्नुपर्ने हो अहिले रोजीरोटीको लागि केही उपाय नदेखेर आत्महत्या गर्ने कार्यकर्ता चुनावताका हाम्रो पार्टीलाई कति सघाएको व्यक्ति हो, यदि यसले चुनावमा सहयोग नगरेको भए एक मतले भए पनि हाम्रो पार्टी तल पर्नै थियो । तर यो कुराको हेक्का राख्ने फुर्सद छैन नेताज्यूसँग । वर्तमान सरकारको डाडुपुन्यू आफ्नो पञ्जामा पारेको एमाले सरकारका पुराना कार्यकर्ताले एमाले पार्टी कार्यालय बल्खु दरवारमै गई आत्महत्या गर्नुले प्रस्टै देखाएको छ । नौ वर्षसम्म जेल जीवन बिताए, आफ्नो सम्पूर्ण जीवनकाल एमाले पार्टीकै लागि समर्पित गरे, आफू भन्दा पछि राजनीतिमा लागेका कार्यकर्ताको हैसियत कहाँबाट कहाँ पुगिसक्यो आफ्नो जहाँको त्यही हुँदा, गाँस, बास र कपासको जोहो गर्न उनले कसलाई हारगुहार गर्न बाँकी राखें ? वर्तमान सरकारका प्रधानमन्त्री, गृहमन्त्री र पूर्वउपप्रधानमन्त्री केपी ओलीसम्मलाई बिन्ती बिसाए । त्यो पनि आफ्नै लागि गाडी चाहिएर, काठमाण्डौंमा आलिशान महल उभ्याउने चाहाना भएर, देश विदेश घुम्ने चाहाना भएर पक्कै होइन होला । उनले आफ्नो छोराको लागि हातमुख जोर्न मेलो मिलाई दिन आग्रह गरेका थिए, यति त्याग गर्ने कार्यकर्ताको त यस्तो हालत छ भने, भर्खर-भर्खर राजनीतिमा कखरा सिक्दै गरेका कार्यकर्ताको भविष्य कस्तो होला ? नेतालाई थाहा छ आफ्नो पार्टीमा एकजना मात्रै कार्यकर्ता बढाउन सकियो भने चुनावमा एक भोटले पक्कै अर्कोभन्दा अगाडी आउन सकिन्छ तर त्यो कार्यकर्ताको मनोबल गिरेकोतर्फ कुनै वास्ता छैन । अहिले हरेक कारणबाट निकै चर्चाको शिखरमा देखिएका गृहमन्त्री भीम रावलका तिखा वचनले ६५ वर्षीय डिकेन्द्र राजवंशीलाई चिताको संघारमा पुर् याइछाड्यो । चुनावका बेला निकै गुलिया ललिपप बाँड्न माहिर नेताले आफ्ना कार्यकर्ताले गाँस बासको लागि आग्रह गर्दा मेरो 'कोटको खल्तीमा छ र तिमीलाई जागिर दिऊँ ' ? भन्छन्, योभन्दा तिखो काँडा अरु किन चाहियो ? आफ्नो सम्पूर्ण जीवन पार्टीका लागि सुम्पिएर लागिपरेका डिकेन्द्रजस्ता हजारौं डिकेन्द्रहरु यसैगरी आतमहत्याको मार्ग नपहिल्याउलान् भन्न सकिँदैन । गृहमन्त्रीज्यू लाखौं करोडौंका पजेरोमा शयर गर्न सक्छन्, लाखौंका फर्जी बिल मिलाउन सक्छन्, आफ्ना अरौंटे-भरौंटेलाई जहाँ भन्यो त्यहीँ जागिर खावाउन सक्छन् तर एउटा त्यागी कार्यकर्ताको लागि सानो रोजीरोटीको बिलौना गर्दा खल्तीको सान देखाउँछन् । गरिबी निवारण कोषको नाम बेचेर पचहत्तर लाखसम्म धज्जी उडाउने हर्कत राख्ने प्रधानमन्त्री माधव नेपालज्यू पनि डिकेन्द्रको चीत्कार सुन्ने मामलामा कमजोर देखिए । प्रधानमन्त्रीकै हैसियत नङ्ग्याउने खालको जागिर पक्कै खोजेका थिएनन् होला तर मुखमा माड लगाउन नसकेर जिन्दगीदेखि हार खाएपछि डिकेन्द्रजस्ता नागरिकहरु आत्महत्याको मार्ग पहिल्याउन विवश हुन्छन् । भोली अन्य पार्टीका कार्यकर्ताहरु यसैगरी संसारिक पहिबन्दबाट टाढाको यात्रा तय नर्गलान् भन्न सक्ने अवस्था रहेन । पार्टीका लागि सर्वश्व त्याग गर्दा पनि केही हात नलागेपछि कार्यकर्तामा वितृष्णा उत्पन्न हुनु स्वभाविक हो तर यसतर्फ नेताज्यूको खासै ध्यान गएको पाइँदैन । माथिल्लो तहका नेताहरुमा स्वात्वैबढेको विलाशीता तल्लो तहका नेताहरुको अवमुल्यन आश्वासनका पोकाभन्दा अर्थोक नपाएका आमनागरिक नेताको सत्तामोहका कारण आहात भइसकेका छन् । नागरिकको अगाडी केही गार्छौजस्तो गर्ने तर चुनाव जितेर राजधानी छिरेपछि आफ्नै तानावानामा अल्झिने नेताहरुलाई डिकेन्द्रले स्वर्गबाट पनि धिक्कार्नेछन् । उनी त पछिल्लो प्रतिनिधी पात्र मात्र हुन् । मात्रात्मक रुपमा धेरैथोरै होला तर हरेक राजनीतिक पार्टीभित्रका कार्यकर्ताका अपेक्षा ओझेलमा परेको साँचो हो । जुन अपेक्षा अँगालेर राजनीतिमा हाम फालेका थिए आज तिनै कार्यकर्ताको बुइ चढेर नेताहरुमा अहमता पलाएको छ । "कोही त भने जहाजमा सरर, कोहीका भने पसिना तरर" हाम्रो नेपालमा यो गीतको गहिराइमा जति कुरा लुकेको छ नेपाली राजनीतिमा यो भन्दा धेरै होला तर कम पक्कै छैन । हरेक राजनीतिक पार्टीभित्र नियाल्ने हो भने कुनै न कुनै रुपमा असन्तुष्टि देख्न सकिन्छ । हाम्रो पार्टीलाई सहयोग गर्ने भो भने तपाईका छोराछोरीलाई भने जस्तो ठाउँमा जागिर खुवाइदिन्छौं, राम्रो ठाउँमा पोस्टिङ गराइदिन्छौ, अरु पार्टीको भन्दा निकै राम्रो भबिष्य छ हाम्रो पार्टीमा । यसखाले आश्वासन हरेक पार्टीका नेताहरुले सुनाउँछन् चुनावताका । गाउँघरमा सोझासाझा नागरिकलाई यतिका गुलिया वचन पाएपछि के चाहियो र ? निर्धक्क भएर आफ्ना सन्तानलाई त्यही आश्वासन बाँड्ने पार्टीमा समर्पित गराउँछन्, छोरा वा छोरीले राम्रो जागिर खाला, राम्रो ठाउँमा काम गर्ला, हाम्रो बाँकी जीवन पनि राम्रैसँग बित्ला भन्ने कोरा आशा सङ्गालेका आमाबाबुहरु अन्त्यमा तिनै अपेक्षा राखेका छोराछोरीलाई उल्टो केही गर्न नसकेपछि आत्मदाह गर्न बाध्य हुन्छन् । वास्तवमा राजनीति जस्तो फोहोरी खेल दुनियाँमा केही छैन होला । केही गर्छौ भन्ने उमेरका युवाहरुको जमात निकै महत्वाकांक्षा बोकेर राजनीतिमा हाम फाल्नेहरुको नियति कस्तो होला ? सहजै अनुमान लगाउन सकिँदैन । तर यस्तै अवस्था कायम रहने हो भने कार्यकर्तामा हरेक दिन निरासा बढ्दै जाने, जनताहरुबाट एक्लिँदै सत्ताको कुर्सी नै धरापमा पर्ने कुरामा राजनीतिक दलका नेताहरुको बुद्धी फिर्न जरुरी छ । निम्नवर्गीय जनतालाई नेपालको राजनीति माछो माछो भ्यागुतो जस्तै भएको छ । यस तर्फ ध्यान कहिले जाला हाम्रा राजनीतिक दलका नेताहरुको ? सबैलाई चेतना भया !
समाप्त !!
