Thursday, February 4, 2010

रातको अँध्यारोसँगै


संघर्ष छ र त जीवन बाँचेको छ । भन्छन्- हरेक जीवनको थालनी बिहानपख झिसमिसेसँगै सडकबाट हुन्छ । तर केही यस्ता पाइला भिन्नै । ती पाइला रातको अँध्यारोसँगै ढोका-संघारबाट बाहिर निस्कन्छन् । तिनको जीवन रातसँगै थालनी हुन्छ । यतिखेर रात ढल्न थालेको छ । अब थालनी हुन्छ रातसँगै मेरो कहानी अर्थात् मैंले मेरो र छोराका लागि थाल्नु छ उही कहानी । पाउरोटी ल्याउँछु बाहिर पसल बाट । त्यसलाई भाँचेर दुई टुक्रा मुखमा हाल्छु छिर्दैन । बाबुलाई ख्वाउँछु आधा ख्वाएर सिरानीमा राखिदिन्छु । सिंगारपटार गर्न थाल्छु । केश कोर्छु । लाली लाउँछु पाइन्ट लगाउँछु पफ्र्युम छर्कन्छु मगमगाउने वासना आउने गरी । सबै गरिसकेपछि ऐना हेर्छु । अनायास बुढ्यौलीले छोएको अनुहारले झस्काउँछ । सम्झन्छु फेरि आफूलाई । हातमा पाउरोटी उचालेर नखाईकन टोलाइरहेछ बाबु । स्याण्डिल झिक्छु । म जान लागेको थाहा पाएर अघिल्ला दिनमा झैं सोध्छ- 'काँ जाने मामु' ? फेरि उही प्रश्न दोहोर् याउँछ । आज बढी जिद्दी गर्न थाल्छ । मैंले लगाएको जीन पाइन्ट समाएर कर गरिरहेछ- मलाई डर लाग्छ मामु । नजानू न मलाई छाडेर । एकैछिनपछि उसका आँखाबाट झरिरहेका आँसु बाटो छेक्न आउँछन् । म सम्झाउँछु । तर ऊ लगातार रोइरहेछ । तर म सम्झाउने असफल प्रयास गरिरहेंछु । कति गाह्रो नाघ्न -'आँसुकाँडा बारुलाई ! अहँ नीलकाँडाको बार बरु सजिलो होला । तर आँसुको यो काँडॆतार ! ठूलो पर्खाल भएको भए बरु नाघ्न सजिलो हुँदो हो । मलाई अत्यन्त जटिल भैदिन्छ । अब कसरी बाहिर निस्कुँ , जाउँ म कसरी ? थचक्क बस्छु ढोकामा ऊ छातीमा टाँसिन आउँछ । उसका आँखा र अनुसारको अनुनयलाई मैंले हेर्न नसकी छातीमा चपक्क टाँस्छु । जोडले मुसार्छु । ममताको सागर उर्लेर आउँछ । भक्कानो छुटेर आउँछ रोइदिन्छु । 'मामु मलाई छाडेर नजानू न । मलाई राति डर लाग्छ । म मामुसितै सुत्छु । ऊ आँसुसँगै बर्बराइरहेछ । उसका हात मेरो कपालमा छन् । म घरी उसको पिठ्युँ मुसार्छु घरी टाउको । केही बोल्न सकिरहेकी छैन । मात्रै यत्ति बोली नि झर्दैन- 'म नगए के खाने बाबु तिम्री आमाले आफूलाई नबेचे केले पेट भर्ने ?' अहँ छोरालाई सम्झाउन नसकेको पीरले मुटुमा झन् 'गाँठॊ' पर्छ । पोहोरसम्म त बोली आउँदैनथ्यो बाबुको । दुध ख्वाएर जान्थें । आएर ख्वाउँथें । रमा दिदीको छोरासँग बाबुलाई छोडेर निस्किन्थें म । तर अब ? अस्ति जाँदा भनेथें- शोभा आन्टीकहाँ जाँदैछु भोली सबेरै आउँछु । हिजो भन्यो- मामु ! म पनि शोभा आन्टीकहाँ जान्छु है ! मलाई छाडेर नजानू न ढिपी गर्न थाल्यो । मैंले अर्कै कुरा भनेर सम्झाएथें । तर आज के भनेर ढाँटु, के भनेर टारु, अब उसलाई टार्ने सबै तर्कनाहरु सकिइसके । खोज्छु तर भेटीरहेकी छैन । उ उसैगरी रोइरहेछ । म केही भन्न नसकेर झन ठूलो हिक्का छाडी रुन थाल्छु । यो बिरानो शहरमा न सम्झाउने कोही छ, न त कोही साथ दिने न कोही हात दिने । एकदमै बल गरेर एकपालि बोली आफै खस्छ- 'हेर बाबु ! पल्लो कोठामा राजु दादा छ नि ! क्यै हुँदैन मेरो छोरालाई । यी यो पाउरोटी खाऊ । निन्द्रा लागे सुत्नू । म सबेरै आउँछु ।' म बार लागेका आँसुका काँडा टेक्दै नपन्छाई निस्कने असफल प्रयास गर्छु । ऊ रोएको चित्कारको सागर अझ उर्लेर आउँछ । 'मामु ! मलाई डर लाग्छ । एक्लै छाडेर नजानू न । म पनि जान्छु मामूसँगै ।' म फेरि उसलाई दुई हातले समातेर काखमा राख्छु । म्वाइँ खान्छु अँगालोमा बेर्छु । तर उसको अबोध अनुहारमा अजारौं गुनासाका रेखाहरु उकाली-ओराली गरिरहेका छन् । ती गुनासा मेरा लागि हुन् वा यो समाजका लागि चिन्ने प्रयत्न पनि गर्दिनँ म । हिक्कहिक्क गर्दै छातीमा टाँसिएको छ ऊ । म सुस्तरी छोडाउने प्रयास गरिहेकी छु । हेर्न सक्तिनँ । उसको र मेरो आँसुले मेरो सिंगारपटार बगाइसकेको छ । वाहियात लाग्छ मेकअप पनि, ठाँटिनु पनि । तर के गर्ने पेटको 'मन' कहाँ बुझ्छ र, आफूमात्र भए त बरु विष पिएर मर्ने थिएँ । तर यो बालक ! यसका लागि त मर्न सक्तिनँ । म नै रहिनँ भने यो अबोध बालक कहाँ जाला ? के खाला ? जति घृणित भए पनि यो नगरी मुखमा माड लाग्दैन । 'ए सरिता छिटो आऊ ' फेरि आवाज आउँछ । उसैगरी उचिच्याइरहेछ छोरो । कसरी सम्झाएर राखूँ सकरी बुझाएर राखूँ 'दिदी म अलिपछि आउँछु । हजूर हिँड्दै गर्नुहोस् ।' म आँखाको इसाराले भन्छु । बाबु मेरो छातीमा टाँसिएर हिक्कहिक्क गरिरहेछ । खै कतिखेरदेखि रोइरहेका छौं हामी याद भएन । रात कति ढल्यो घडी पनि हेर्दिनँ । रुँदारुँदै बाबु मेरो छातीमै निदाउँछ । ममताको बाढी उसैगरी उर्लेर बगिरहेछ । तर पेटका लागि जबरजस्ती थाम्ने असफल प्रयास गरिरहेछु । उसले बायाँ हातले पाउरोटी उसैगरी समातेको छ । अनुहारभरि आँसुका टाटैटाटा हेर्छु- ती टाटाहरुमा जीवनका घावैघाउ छन् । उसको शरिरबाट पनि पर्फ्युमको वासना आउँछ । ऐना हेर्छु । श्रृंगार सबै बिगि्रसकेको छ । आँसु पुस्छु । फेरि लालीकि्रम लाउँछु केश कोर्छु । 'राजु भाइ रोला हेर्नु है !' पाल्लो कोठामा खोइ के हेरेर हो ? टोलाइरहेको राजुलाई भनेर रातको अँध्यारोसँगै बाहिर निस्कन्छु । ठुल्ठुला महलमा बलेका बिजुलीबत्तीका झिलिमिलीसँगै रात तन्नेरी हुँदैछ । रक्सीसँगै निस्किएका अश्लील शब्दहरु अनि दोहारी डिस्को क्याबिनहरुमा बलेका इन्द्रेणी बत्तीले शहर मात्तिएर तलमाथि गरिरहेको प्रष्ट देखिन्छ । मात्तिएको शहरको चौबाटोमा पसल थाप्छु म- आफ्नो शरिरको । घरी पल्लो चोक, घरी वल्लो घरी रत्नपार्क, घरी भोटाहिटी । हेर्छु- सबैतिर मोलमोलाइ भैरहेछ । सबै छिल्लिरहेछन् । 'ए ……। ! जाने हो' फरक्क फर्केर हेर्छु । आवाज फेरि ओझेल हुन्छ । फेरि एकैछिनपछि पाँचजना आउँछन् । 'हामीसित जान्छेस् कि भ्यानमा हालौं ' चुपचाप उभिइरहन्छु केही बोल्दिनँ । अस्तिको पालि यिनैले लैजाँदा बाबु वितरा परेथ्यो । भोकले अनुहार नै चिन्न नहुने भएको थियो । आज पनि ……… ! चुपचाप मञ्जुरीको टाउको हल्लाउँछु । तर भोलि बिहान के खाने के ख्वाउने बाबुलाई नमान्दा झन् दुई-चार दिन थुनिहाल्छन् झनै बिजोग हुन्छ । झस्कन्छु यी दुइटै कुरा सोचेर । अब बिनापैसा लगे पनि यिनले 'जिउ खाजा' पार्ने नै छन् भ्यानमा हालेर थाना लगे पनि दुई-चार दिन राखिहाल्छन् । त्यतिका दिनसम्म के खाला बाबुले कति रोला हत्ते हुन्छ उसको । सोचेर मूर्तिजस्तै उभिरहन्छु । यो त माउ हो जस्तो छ यार ! अर्को हुल हेरेर जान्छ । म चुपचाप मानिसका भीडमा छलिँदै-छलिँदै पुलिसबाट ओझेल हुन्छु । 'हामीसित जाने ?' 'कतिमा ?' 'चालीसमा हुन्छ ?' हेर्छु यो पनि उही । अस्ति दिउँसो देहव्यापारमा लागेकाहरुको पुनःस्थापनाका लागि भनेर कुन आइएनजीओबाट आएको……… । मलाई कुनै आश्चर्य लाग्दैन । किनकि दिनभर देहव्यापारको विरोधमा भाषण गर्नेहरुले पनि कतिपय रात हामीसित गुजार्छन् । 'दाइ त्यसो नभन्नु न हाम्रो पनि समस्या छ नि ! के खाने त्यति थोरैमा गएर त्यसै लान खोजेर हुन्छ र दाइ ?' 'रुमी तँ !' 'आज बल्ल छोड्यो । सात दिन राख्यो नि ।' 'कहाँ ?' 'त्यो हनुमानढोकामा त होला ।' 'म त बेहोस नै थिएँ । कतिले के गरे पत्तै पाइन । होसमा आउँदा त आङमा लुगा पनि थिएन । घरमा नानीको हत्ते भएछ । हेर्न नसकेर फेरि आएँ । केही छैन आउनैपर् यो ।' रातको बत्तीमा उसको अनुहार झन भावुक देखिन्छ । 'चोरेर खाएको त होइन नि हामीले । आफ्नै शरीर बेचेर खाएको त हो नि !' अनायासै रेडियोको भोल्युमजस्तै एक्कासि तलमाथि भैदिन्छ-उसको बोली ।' घरी भन्छे घरी सोध्छे- अब त म यस्तो गर्दिनँ । 'के गर्छेस् त ?' 'खोइ केही थाहा छैन ।? 'अनि केले पाल्छेस् त्यो छोरा र आफूलाई ?' '……॥ !' बोली नि फुट्दैन मुखबाट । चुपचाप वरपर हेर्छ्रे । उही आफ्नो शरीरबाहेक अरु देखिन क्यार । आफ्नै शरीरलाई हेर्छे । अनायास भन्छे- आफ्नो शरीर बेच्ने त अन्तिम उपाय हो । मसँग यो बाहेक 'ए दिलासा दिदीको छोराको भर्ना भयो ?' पल्लो छेउबाट आउँछे शोभा । सोध्छे रुपालाई । 'अहँ ।' 'नौ महिनासम्म गर्भमा बोक्नेले किन नपाउने यो देशको शासनसत्ताले किन हामीलाई यसरी……। !' एकछिन सन्नाटा छाइरहन्छ । मानिसहरुको ओहोर-दोहोर ट्याक्सीको ओहोर-दोहोर तन्नेरी हुन थालेको सातसँगै बढिरहेछ । 'के पैसा यिनलाई । चाहिन्न पैसा लैजाऊ सालीहरुलाई ।' एक हुल आउँछ । लछारपछार पार्छन् । घृणाका शब्दहरु वर्षिरहन्छन् । 'के हामीले रहरले गरेका हौं र मनले नखाएको मान्छेलाई आफ्नो शरीर सुम्पनु रहर हुन्छ कसैको आफूलाई बेच्नु ।' 'यो पनि त पेसा हो नि बाध्यताको ! यसको पनि नियम त हुँदो हो नि !' 'तिमी यही गर्छाै' 'जति नजाती भए पनि नगरेर के गर्ने त ?' मानौं आज के गर्नॆ कहाँ जाने जीवनको बाटो खोज्ने, रोज्ने दिनजस्तो लागिरहेछ । थाहा छैन कसरी आज हरेकका मुखमा यसरी प्रश्नहरु झर्न थालेका छन् । म सोचेर हेरिरहन्छु । 'हेर ऊ त्यो घरमा बस्ने मेरा साख्खै ठुलाबा । मसँग बोल्न पनि सरम मान्नुहुन्छ । नचिनेझै गर्नुहुन्छ ।' लालमाया आज भावुक छे । किन थाहा छैन । 'रातभर हामीसित रात काट्छन् तिनैले दिनमा……। !' सोधिरहेछ । 'किन शरीर बेच्छन्' भनेर देशले हामीलाई कहिल्यै 'एकआखरु सोध्यो अहँ हामीसितै रात काटिरहेछ दिनमा हामीलाई थुक्दै हिँडिरहेछ । रातमा सडकसँग बर्बराउन थाल्छे नाम फरररर पार्छे- ऊसँगै रात काटेको मन्त्री, सचिव, पुलिस अफिसर, एनजीओ-आइएनजीओका हाकिमका नामहरु । 'रातभर हामीसँग दिनभर उनै महान् त्यागी समाजका प्रतिष्ठित ! रात हामीसँग बिताए पनि उनीहरु जस्ताको तस्तै तर हामीलाई भने……। !' 'यस्तै हो लालमाया ! जति सम्झ्यो उति मन खान्छ । जति मनमा कुरा खेलायो उति विरह फाटेर आउँछ । हाम्रो पनि मन छ सपना छ । सुन्दर जिन्दगी जिउने तिर्खा छ । राम्रो घरबार बसाउने तिस्रना छ । तर बुझ्छ कहिले यो 'भालेवादी समाजले यहाँको राज्यले हाम्रो विवशता र बाध्यतालाई र अन्त गरिदिन्छ यो घृणित पेसालाई ' अश्लीलता र रक्सीले मात्तिएको रात पनि चुपचाप भैदिन्छ एकछिन । क्याबिन डान्स रेस्टुराँ आदिबाट रंगीन बत्ती र छिल्लिएका आवाजहरु उसैगरी सडकमा झरिरहेछन् । ठुलाठुलाहरु कारमा रातको भोजन लगिरहेछन् । मात्तिएको रात चुपचाप हेर्न थाल्छ सायद लाज मानेर ! हामीले मात्र यो धन्दा कसरी गर्न सक्छौं र उनीहरुबिना । हामीले मात्र गर्न सम्भव छ र अहँ । हामीसँग सुत्छन् । तर उनीहरु राम्रा । किन हामीलाई मात्र भन्छन्- 'समाज विकृत पारे' भनेर । के उनीहरुबिना सम्भव छ यो पेसा किन हामीलाई मात्र दोष छिप्पिँदै गएको रातमा बिजुलीबत्तीको पोलमा अडेस लागेर सडकसँगको वार्ता जारी छ । 'ऊ हेर सरिता ! त्यै हो । मसर्िडिज गाडीबाट ओल्र्याे नि ! ऊ त्यो हो रातभर तारे होटलमा मसँगै सुतेर बिहानपख उही होटलमा देहव्यापारविरुद्ध कार्यक्रम गर्ने । खै कुन आइएनजीओको हाकिम हो । अर्काे प्राडो छ नि ऊ साइडमा होऽऽ त्यो हो त्यो कार्यक्रमको उद्धघाटन् गर्ने मन्त्री । नाम फररर पार्छे ऊ । 'आ' छाडिदे ती कुरा त्यस्ता नेता र हाकिम हामीसँग आउने त कति छन् कति । तिनका ुनाउँ भने मुख मैलो नभने रित्तो थैलो हुन्छु बुझिस् । तन्नेरी रातसँगै क्रमशः सडक लाजले घुम्टो ओढ्दै जान्छ । दुई सयमा । चार सयमा । चालीसमा रुपैयाँ । हजार दुई हजारमा । ………रातको शुन्यतासँगै मोलमोलाई जारी छ । हेर्न नसकेर सडकले मुख छापेको छ । आज के भो कुन्नि दिलासा लालमाया ………का कुराले मेरो मनमा अन्तरकुन्तर थाँती रहेको एउटा तिस्रनाले पोल्न थाल्छ । थाहा छैन कुन मोड हो यो । किन हुन्छ यस्तो जीवनमा यस्ता कुरा पनि आउँछन् सायद कहिलेकाहीँ । ुकहाँ छुटे मनका रहर कहाँ खसे दिलको तिस्रना त्यै अँध्यारो रातमा फर्केर हेर्छु । अहँ केही देखिँदैन । मात्रै कालो शून्य । जहाँ न जीवन न फुल न कुनै कहानी । रात शून्य आफैलाई भुलेका नजानिँदा याद । आफैलाई लिलाम बोलेका कहालीलाग्दा भोगाइ । आफैलाई पनि अपत्यार लाग्छ । भन्छु- होइन होला । 'मैंले समाजले जे गरायो उही गरेर गल्ती त गरिनँ' आफैलाई सम्झाउछु- के सधै यस्तै भैरहला एकदिन त आउला त्यस्तो पनि दिन जहाँ हामी पनि हाँसीखुसी बाँचौला आफुले चाहेको जिन्दगी । र हामीलाई यहाँ ल्याइपुर् याउनेहरु कठघरामा जालान् मृत्युका दिन गन्दै । के सम्भावना छैन गमिरहन्छु । बाबुको तिर्खाले मन नजानिँदो गरी हरर खान्छ । रोइरहेको 'मामु ! मामु भनी चिच्याइरहेको चित्कार कानमा गुिnजरहन्छ । 'म गएँ है !' अनायास बोली खस्छ । पाइला आफै डेरातिर फर्कन्छन् । सँगसँगै एउटा प्रश्नले खेद्दै आउँछ- 'के यो व्यावसाय महिलाले मात्र गर्नसक्छे पुरुषको सहभागिताबिना नै पुरुष अनिवार्य चाहिँदैन दुवै हुन्छन् भने किन समाज विकृत बनाए भन्छ यो समाजले यति घृणित काम गर्न बाध्य पार्ने राज्यले नि सोध्दैन- 'किन लाग्यौ यसरी ? भनेर किन कहिल्यै समाधान खोज्दैन अहँ आज झन् घृणा लाग्छ आफू हिँडेर आएको भीरको बाटो । झन् घृणा । कामना गर्छ जान्नँ कहिल्यै । त गर्ने के हेर्छु- सिर्फ शरीर मात्र आफ्नो भन्नलायक छ । पोइ छैन । आफन्तले नचिनेझै गर्छन् । कसैले न्याय दिएन । समाजले केही दिएन । कहाँ जाऊँ म अन्तिम विकल्प न हो आफूलाई बेच्ने । उही शरीर मात्र । मानिसहरु भन्छन्- दुई हातखुट्टा छन् गिट्टी कुटेर पनि खान सकिन्छ । के शरीरै बेच्नुपर्छ र तर यै राज्यले यै समाजले केही बाँकी नराखेपछि के रहन्छ र बाँकी ? फेरि हेर्छु उही शरीरमा केवल शरीर । 'मामु ! मामु !' बाबु रोइरहेको चिच्याहटले आधाबाटोमै भेट्न आउँछ । खुट्टा लर्बराउँछ । छिटोछिटो जान्छु । बिहानपख 'पेटका लागि जोहो गर्ने दुई-चार पैसा' लिएर फर्कने म रित्तै फर्किएकी छु । छिटोछिटो घरभित्र पस्छु । रुँदारुँदै थाकेको बाबुको अनुहार हेर्न सक्तिनँ म । अँगालो हाल्छु छातीमा टाँस्छु । सबै स्नेह खन्याएर मुसार्छु टाउको पिठ्युँ……… । 'मामु ! म पनि जान्छु है राति मलाई डर लाग्छ मामुसितै सुत्छु म ।' ऊ भक्कानिरहेछ । मेरा आँखा………! उसका भिजेका आँखामा गएर ठोक्किन्छन्- चामल छैन् । दाल छैन । नुन छैन । तेल छैन । पेट बाउँडिएर आउँछ । तर ममताको सबै बाढी खन्याएर म छातीमा च्यापिरहेछु । मन त छ यस्तो नराम्रो काम नगर्ने तर ………… । 'मर्छु बरु भोकै । गर्दिन घृणित काम बाबुको नागरिकता दिलाउन जे गर्नुपर्छ गर्छु । एकबार आमाको नामबाट नागरिकता दिलाउँछु नौ महिना गर्भमा बोक्ने आमाले के यो अधिकार पाउँदैनन् ? राज्य मौन । सायद बहिरो पनि छ । वा सुनेर पनि हावामा उडाइदिन्छ । छातीमा टाँसिएर बाबुले भनिरहेछ- मामु ! म मामुसितै सुत्छु । म पनि जाने मलाई डर लाग्छ राति । मलाई पनि लानुस् न है मलाई नछोड्नु न ।


समाप्त !!